डा. गोविन्द केसीको मागका विषयमा गहन छलफल भइरहेको छः स्वास्थ्य राज्यमन्त्री

डा. गोविन्द केसीको मागका विषयमा गहन छलफल भइरहेको छः स्वास्थ्य राज्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनसनरत डा.गोविन्द केसीको मागप्रति गम्भीर भएको बताएका छन्।

स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा अभियन्ता डा. केसीले उठाएका मागका विषयमा गहन छलफल भइरहेको बताएका हुन्। 

उनले भने, 'उहाँ(डा.केसी)को स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ। यो विषयलाई समाधान गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक छ। हामीले यस विषयमा छलफल गरिरहेका छौं।' डा. केसी धनगढीमा अनसनरत छन्।

तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग राख्दै अनसनरत छन्।

संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने, सरकारले तोकेको सूचीअनुसारका सबै निःशुल्क औषधि आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरिनुपर्ने डा. केसीको माग छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.