डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
काठमाडौं : सरकारले चिकित्सा शिक्षा अभियन्ता अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्ने भएको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।
समितिमा स्वास्थ र शिक्षा मन्त्रालयका प्रतिनिधि रहने प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। डा. केसीको तर्फबाट डा. जीवन क्षेत्री संयोजक,ओम प्रकाश अर्याल, डा. लिजन महर्जन र प्रितम सुवेदी सदस्य रहेका छन्।