कुमारी बैंकको पाँचदेखि सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना
काठमाडौं : कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष 'धनवृद्धि रिकरिङ्ग मुद्दती' योजना ल्याएको छ।
ग्राहकहरूले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम १० हजारदेखि १० लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरी धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन्।
यस आवर्ती योजनाअन्तर्गत, प्रारम्भिक बिज रकमको १० प्रतिशत प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ।
यस योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ। यो योजना आश्विन १ देखि लागू हुने बैंकले जनाएको छ।
आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरू प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
