सामसङको 'उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको' योजना सार्वजनिक

सामसङको 'उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको' योजना सार्वजनिक

काठमाडौं : यो चाडपर्वको सिजनमा सामसङले विशेष २०७९ को दशैंतिहार अफरहरूमा 'उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको' योजना घोषणा गरेको छ। 

जसमा निःशुल्क इन्स्टलेसन लगायतका आफुले छनौट गरिएका उत्पादनहरूको खरिदमा ३० प्रतिशतसम्म क्यासब्याकको अफर उपलब्ध हुनेछ।

कम्पनीले ल्याएको यो अफर सेप्टेम्बर १७ गतेदेखि नोभेम्बर १५ गते अर्थात असोज १ देखि कार्तिक २९ गतेसम्म चल्नेछ। घरेलु उपकरणहरू अपग्रेड गर्नेका लागि टिभी, रेफ्रिजरेटर वा वासिङ मेसिनहरू खरिद गर्नका लागि यो उत्तम समय हो।

यो अफर सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागू हुनेछ। सामसङ टिभीहरू मार्फत सामसङको प्रिमियम रेन्जका टिभीहरूमध्ये एउटामा अपग्रेड गरेमा निःशुल्क साउन्डबार सहित आफ्नो खरिदमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ। यस्तै सामसङको रेफ्रिजरेटर खरिद गर्दा २५ प्रतिशतसम्म र ब्रान्ड न्यु सामसङ वासिङ मेसिन खरिद गर्दा २२ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सकिनेछ।

१०० प्रतिशत क्वान्टम डट टेक्नोलोजीको कलर भोल्युम रहेको क्युएलईडी टिभीहरूको प्रत्येक मोडेलमा निःशुल्क साउन्डबारको साथमा १९ प्रतिशतसम्मको छुट गराइएको छ।

फाइभ इन वन कन्भर्टिबल रेफ्रिजरेटरमा ३४५ लिटर क्षमताका मोडेलहरूदेखि ५५१ लिटरसम्म क्षमताका मोडेलहरूमा रेफ्रिजरेटर लाइनअपको कुनै पनि रेन्जको खरिदमा २५ प्रतिशतसम्मको क्यासब्याक ग्यारेन्टीको साथ आउँदैछ। यस महोत्सवको अधिकतम लाभ लिन सकिने छ। यसको ५७९ लिटर क्षमता भएको फ्रेन्च डोर रेफ्रिजरेटर पनि २१ प्रतिशत छुटमा उपलब्ध छ।

यो रेफ्रिजरेटर यसको इनोभेटिभ कन्भर्टिबल फ्रेन्च डोरका लागि परिचित छ। एआई इकोबबल वासर ड्रायरको ८ केजी तथा १२ केजी भेरियन्टमा २० प्रतिशतसम्मको क्यासब्याक ग्यारेन्टी सहित उपलब्ध रहेको छ। 

यसमा सजेस्टिभ साइकलको साथ पर्सनलाइज्ड लुगा धुने अनुभव पाउन सकिने छ। साथै ८ केजी तथा ९ केजी क्षमताको हाइजीन स्टीमको साथ आउने फ्रन्ट लोडमा २२ प्रतिशतसम्म छुट पाउन सकिने छ।

सामसङ नेपालमा मात्र नभई विश्वभर उपभोक्ता इलेक्ट्रोनिक्सका लागि एक विश्वसनीय ब्राण्ड भएको छ, जसले प्राविधिक पक्षहरुमा निरन्तर रूपान्तरण र नवप्रवर्तनलाई पुनः परिभाषित गर्न परिचित छ। विगत १६ वर्षदेखि सामसङको टीभी ग्लोबल नम्बर वन टिभी ब्राण्ड बन्न सफल भएको छ।

कम्पनीले टिभीमा १ वर्ष वारेन्टी र थप १ वर्ष वारेन्टी प्यानलहरुमा दिइएको छ। डिआइटि कम्प्रेसर (रेफ्रिजेरेटर) र एसिमा १० वर्ष, डिआइटि मोटर (वासिङ्ग मेसिन) मा १० वर्षको वारेन्टी छ। आइएसओ १५५०२ मापदण्ड प्रयोग गरिएको आन्तरिक परीक्षणको आधारमा उपकरणहरुलाई एशोसियसन फर इलेक्ट्रिक, इलेक्ट्रोनिक एण्ड इन्फरमेसन टेक्नोलोजीज इन जर्मनीले २१ वर्ष टिक्ने प्रमाणपत्र प्रदान गरेको छ।

सामसङले ग्राहकको सुविधाका लागि योजना अवधिभर खरीद गरिएका केही छनोट गरिएका प्रमुख उपकरणहरु निःशुल्क जडान गरिदिने व्यवस्था समेत गरेको छ। यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपालभर उपलब्ध छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.