उदयपुरमा ३८ जनामा डेंगु

उदयपुरमा ३८ जनामा डेंगु

उदयपुर : उदयपुरमा डेंगुका बिरामी बढ्न थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालयले आफ्ना मातहतका निकायबाट गरेको परीक्षणमा ३८ जनालाई पोजेटिभ देखिएको हो।

कार्यालयका सूचना अधिकारी चिरन्जिवी निरौलाका अनुसार त्रियुगा, कटारी र बेलका नगरपालिकामा दुई सय ६८ बिरामीलाई परीक्षण गर्दा ३८ जनामा डेंगु देखिएको हो। डेंगु देखिएका सबै बिरामीको अवश्था सामान्य रहेको उनले बताए। 

तथ्यांकअनुसार सबैभन्दा बढी बेलका नगरपालिकामा देखिएको छ। बेलका नगर अस्पतालमा ७० जनामा गरिएको डेंगु परीक्षणमा १५ जनामा लक्षण देखिएको उनले बताए। 

त्यसैगरी कटारी नगरपालिकास्थित कटारी अस्पतालमा एक सय ६५ जनामा गरिएको परीक्षणमा १२ जनामा पोजेटिभ देखिएको हो। 

निरौलाका अनुसार त्रियुगा नगरपालिकास्थित जिल्ला अस्पतालमा ३३ जनामा गरिएको परीक्षणमा ११ मा लक्षण सहितको ज्वरो देखिएको हो। जिल्लाको चारवटा गाउँपालिका र चौदण्डिगढी नगरपालिकाबाहेक सबै पालिकामा डेंगु परीक्षण सुरु गरिएको उनले बताए। 

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु परीक्षण मात्र नभई नियन्त्रणका लागि पालिकाहरुले अभियान सञ्चालन गरेका छन्। 

चौदण्डिगढी नगरपालिकाका मेयर कालुमान लामाका अनुसार लामखुट्टे बस्ने स्थल भत्काउने, किटनाशक औषधि छिट्ने, टायर नष्ट, पोखरी तथा खाल्टाखुल्टीमा जम्मा भएको पानी नष्ट, झाडीँ सरसफाइ, लार्भा नष्ट लगायतका कार्यक्रम सुरुवात गरिएको हो। 

आर्थिक वर्ष ०७६/०७७ मा जिल्लामा १९ जनामा डेंगु रोग देखापरेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.