नेपालमै एलजी टिभीको एसेम्ब्ली प्लान्ट सुरु

नेपालमै एलजी टिभीको एसेम्ब्ली प्लान्ट सुरु

काठमाडौं : सीजी इलेक्ट्रोनिक्स (चौधरी गुप)ले एलजीको टिभी एसेम्बली प्लान्ट सुरु गरेको छ। एलजी इलेक्ट्रोनिक्स सिंगापुरका एमडी सुङ्घो चुनले नेपाल भ्रमण गरी चौधरी ग्रुपसँगको सहकार्यमा काठमाडौंको सतुङ्गलमा उद्घाटन गरे। 

एलजी इलेक्ट्रोनिक्सका प्राविधिक विज्ञको टोलीले नेपाली ईन्जिनियरिङ् टोलीलाई निरन्तर रूपमा सुपरीवेक्षण र सहयोग गर्दै आएको छ। जसले गर्दा नेपालमा एसेम्बल गरिएका उत्पादनको गुणस्तरीय  मापदण्ड अनुसार मिल्छ।

विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि पहिले नै प्रसिद्ध भएको एलजीका उत्पादन नेपालमा पनि व्यापक रूपमा रुचाइएको उनले बताए। ‘चौधरी समूहसँगको हाम्रो विगतको अनुभवले हामीलाई सेवा विस्तार गर्न यो सहकार्य गर्न प्रोत्साहित गरेको छ जसले गर्दा हाम्रा सेवा अझ धेरै नेपालीमाझ पुग्ने छ,’ उनले भने। 

नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनलाई बजारका लागि किफायती बनाउनका लागि थप बाटो खोल्ने छ। एलजीका घरेलु उपकरण तथा मनोरन्जनका उपकरण नेपालबाट एसेम्बल र उत्पादन सुरु हुनेछ। जसले नेपाली ग्राहकलाई एलजीका उत्पादनको लागत घटाउन मद्दत गर्नेछ। ‘हामी ३५ वर्षदेखि एलजी जस्तो विश्वस्तरीय ब्रान्डको एक हिस्सा हुन पाउँदा निकै उत्साहित छौं । एलजी र चौधरी ग्रुपबीचको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप बैदेशिक लगानी ल्याउन निश्चित रूपमा मद्दत गर्नेछ,’ उनले भने। 

यसले नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्न मद्दत गर्नेछ। नेपाली ग्राहकले गुणस्तरीय सेवा सहितका महंगा घरेलु उपकरण सुपथ मुल्यमा प्राप्त गर्न पाउने चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए। 

चुनले मिन भवनमा रहेको एलजीको शोरुमको पनि भ्रमण गरे। राम्रो अनुभव प्रदान गर्न निकट भविष्यमा त्यस्ता शोरुम नेपालभर विस्तार गर्ने सुनिश्चितता गरे। एलजीका यस्ता शोरुम देशभर ८ वटा छन्। साथै चुनले नेपालमा टिभी प्यानल निर्माण इकाई स्थापना गर्ने सोच ब्यक्त गरे । सम्भाव्यताका लागि नवलपरासीको देवचुलीस्थित सीजी इन्डस्ट्रियल पार्कको पनि भ्रमण गरे। 

उनले नवलपरासीको देवचुलीमा रहेको शान्ति सिर्जना आधारभूत विद्यालयमा एलजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा चौधरी फाउन्डेसनले स्थापना गरेको डिजिटल क्लास रुम (डिजिटल स्कूल) को पनि भ्रमण गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.