पछिल्लो दुई महिनामै डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो
काठमाडौं : देशभरि डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो दुई महिनामा डेंगुका कारण ३२ जनाको मृत्यु भएको हो।
२०७९ साउनदेखि हालसम्म २५ हजार ५४३ जनामा डेंगु देखिएको छ। बिसं. २०६१ मा पहिलोपटक नेपालमा डेंगुको विरामी देखिएका थिए। यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो।
सबैभन्दा धेरै बागमती प्रदेशमा १९ हजार ९१० जनामा डेंगु देखिएको छ। त्यस्तै प्रदेश एकमा ७७५, मधेस प्रदेशमा ३८०, गण्डकीमा ५५६, लुम्बीनीमा २८ सय ८७, कर्णालीमा २३१ र सुदुरपश्चिममा ८०४ जनामा डेंगु संक्रमण भएको छ।