भरिंदै गाँउ, रित्तिंदै सहर

भरिंदै गाँउ, रित्तिंदै सहर

कालिकोट : जिल्लामा दसैंको चहलपहल सुरु भएको छ। जिल्ला सदरमुकाममा तथा जिल्ला बाहिर रोजगारी, व्यपार व्यवसाय तथा अन्य काम गर्दै आएका अधिकांश मानिस गाँउ फर्किन थालेका छन्। दैनिकजसो गाँउतिर जाने सवारी साधनमा यात्रुहरुको खचाखच भीड लाग्ने गरेको छ भने सहरतिर जाने गाडीहरु दिन प्रतिदिन खाली गुड्न थालेका छन्। नेपालीहरुको महान चाडका रुपमा मानिंदै आएको विजया दशमीमा आफ्ना अभिभावहरुको हातको टीका थाप्न र आशीर्वाद लिन विभिन्न काम र अध्ययनको लागि सहरमा बस्ने मानिस गाँउ फर्किएका हुन्।     
    

जिल्लामा करिब  ३८ वटा सरकारी कार्यालय रहेका छन्। जिल्लामा क्रियाशील करिब एक दर्जन गैरसरकारी निकाय सक्रिय छन्। हाल सरकारी कार्यालयमा कर्मचारी निकै कम छन् भने गैरसरकारी निकायमा समेत कर्मचारी दसैं बिदामा घरतिर लाग्न थालेका छन्। जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरु बाहेक सबै सरकारी निकायहरु पनि शुनशान छन्। जिल्लाका सुरक्षा निकायका प्रमुखहरु जिल्लाको शान्ति सुरक्षाका लागि बिदा नमिल्ने भएकाले जिल्ला कुरिरहेका छन्।     
   
मान्म बजारका व्यपारी पनि दसैंकै लागि गाउँ जाने तयारीमा लागेका छन्। दसैं तिहारको लागि सामान लिन आउने ग्राहकहरु पनि कम हुँदै गएकाले आफूहरु गाँउ जाने तयारीमा रहेको मान्म बजारका व्यपारी बलप्रसाद संज्यालले बताए। उनले भने, 'सदरमुकाममा ग्राहकहरुको चहलपहल घट्दै गएको छ। अधिकांश मानिसहरु गाँउ केन्द्रित भएका छन्। अब आफूहरु पनि पसल बन्द गरेर दसैं मान्नका लागि गाँउ जाने तयारीमा छौँ। 

कर्णाली करिडोरमा जीप चलाइरहेका जीप चालक महेश न्यौपानेले जिते बजारबाट गाँउतिर जाने यात्रुहरुको भीड हुन थालेको बताए। उनले भने, 'गाँउबाट फर्किंदा दस जनाको सिट भएको जीपमा एक दुई जना लिएर फर्किन्छौं। तर गाँउतिर जाँदा यात्रुहरुको खचाखच भीड भएकाले यात्रुहरुलाई पालै पालो टिकट काटेर सबै जीपहरु भरिभराउ भएर जान्छन्।' नेपाली सेनाद्वारा ट्रयाक खोलिएको निर्माणाधीन कर्णाली करिडोरमा हाल १८ वटा रारा कर्णालीका जीप, ४ वटा बुलबुले यातायात समितिका जीपहरुका साथै अन्य केही निजी जिपहरु सञ्चालनमा छन्।    
 
जिल्लाबाट रोजगारीका लागि धेरैजसो युवाहरु कलापाहाड (भारत) तिर जाने गरेका छन्। उनीहरु पनि गाँउ फर्किन थालेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.