डेंगु पहिचानका लागि टेस्टकिट प्रदान

डेंगु पहिचानका लागि टेस्टकिट प्रदान

उदयपुर : डेंगु रोगको संक्रमण बढ्न थालेपछि उदयपुरको त्रियुगा नगरपालिकाले जिल्ला अस्पताललाई टेस्टकिट उपलब्ध गराएको छ। 

नगरपालिकाले डेंगु संक्रमण पहिचानमा सहज र सुलभताका लागि परीक्षणमा प्रयोग गरिने किट उपलब्ध गराएको हो। 

टेस्टकिट लिएर शुक्रबार अस्पताल पुगेका मेयर बसन्तकुमार बस्नेतले अस्पताललाई दुई सय थान र देउरी स्वास्थ्य चौकीलाई एक सय थान गरी तीन सय थान टेस्टकिट हस्तान्तरण गरेका हुन।

किट हस्तान्तरण गर्दै मेयर बस्नेतले डेंगुको संक्रमण बढ्दै गएकाले जनतालाई छिटो, छरितो र प्रभावकारी उपचार दिन चिकित्सकलाई आग्रह गरे। 

जिल्लामा डेंगुका बिरामी बढ्न थालेको र टेस्टकिटको अभाव रहेको खवर आएकाले अभाव हुन नदिन सहयोग गरेको उनले बताए।

खोटाङ, भोजपुरदेखि सप्तरीसम्मका बिरामी उपचार गर्ने जिल्ला अस्पतालको स्वास्थ्य सुधारका लागि आर्थिक, भौतिक र स्वास्थ्य जनशक्तिसमेत त्रियुगा नगरपालिकाले उपलब्ध गराउने उनले बताए।

'हामीले जिल्ला अस्पताललाई १० जना अनमी, स्टाफनर्स आफ्नै व्ययभारमा दिएका छौं,' उनले भने, 'चालु् आर्थिक वर्षको बजेटमा १० लाखभन्दा बढी अस्पतालका लागि छुट्याएका छौं, यो जिल्लाकै अस्पताल हो यसको सुधारका लागि सबै पालिकाले आर्थिक र भौतिक सहयोग गर्नुपर्छ।'

डेंगु संक्रमण फैलन नदिन नगरपालिकाले यसअघि विभिन्न सचेतनामुलक सूचना, अभियान, औषधि छर्कने, लार्भा नष्ट, पानी जम्ने ठाउँ पुर्नेजस्ता कार्य गर्दै आएको उनले बताए। 

जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक लौकाजी राईका अनुसार जिल्लामा ५१ जनामा डेंगु पोजेटिभ देखिसकेको छ। बिरामीहरू सामान्य उपचारपछि घरमै आराम गरिरहेको उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.