डेंगुबारे सचेतनामूलक कार्यक्रम
सन्धिखर्क : जिल्ला सुरक्षा समिति अर्घाखाँचीको आयोजनामा डेंगुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ।
सन्धिखर्क नगरपालिकाका जनस्वास्थ्य निरीक्षक धर्मराज पन्थीले डेंगु, डेंगु सर्ने कारण, डेंगुका लक्षण तथा रोकथामका उपायहरूका बारेमा जानकारी गराएका थिए।
जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले चाडबाड नजिकिएसँगै डेंगु संक्रमणको जोखिम झन बढ्ने भएकाले यसको रोकथामका लागि सबै सचेत हुनुपर्ने बताए।