मन जित्दै सन्तको शिक्षालय
इलाम : अलिअलि दार्जिलिङको वतासले छुने सूर्योदय नगरपालिका ३ मेहेलबोटमा पनि शिक्षा र जीवन शैलीमा ‘सिमापारीको प्रभाव’ भेटिन्छ । हुनेखानले दार्जिदिङ नै छोराछोरी पढाउने नहुनेल पनि घर छोडेर सदरमुकाम तिरका विद्यालय ताक्ने प्रचल थियो । कुरा २४ बर्ष अघिको हो ।
पुगिसरी नआउनेका लागि जिल्ला सदरमुकामको शहरमा छोराछोरी पढाउन सहज थिएन । त्यही असहजताले जन्मायो सन्तको शिक्षालय अथवा श्री नर्वदा कल्याण बोर्डिङ्ग माध्यमिक विद्यालय । श्री मंगल शैक्षिक विकास गुठीद्वारा सञ्चालित त्यहि विद्यालय अहिले अभिभावक र विद्यार्थीको रोजाईको विद्यालय बन्दै गएको छ ।
सूर्योदय नगरपालिका-३, मेहेलबोटेमा वि.स. १९५३ सालमा बाबु कल्याणदास र आमा नर्वदा वाईको कोखबाट जन्मिएका मङ्गलदास जी महाराजको इच्छाअनुसार उनका अनुयायी मोहन प्रियाचार्यजी महाराज, सदानन्दजी महाराज तथा कृष्णदासजी महाराजको अगुवाइमा वि.स. २०५५ सालमा स्थापना गरिएको हो । विद्यालयको नाम आमा नर्वदा वाइ तथा बाबु कल्याणदासको नामबाट जुराएपछि नीजि स्तरबाट गुणस्तरीय शिक्षाको प्रयास शुरु भएको विद्यालयका प्रिन्सीपल सफल राईले बताए ।
विद्यालयले वरपरका ग्रामिण क्षेत्रका सबै जातजाति, वर्ग, लिंग एवं समुदायका बालबालिकाहरुलाई न्यून शुल्कमा शिक्षा प्रदान गर्दै आएको प्रिन्सीपल राईले बताए । नगरशिक्षा समितिले तोकेको दरभन्दा पनि पच्चिस प्रतिशत सम्म सस्तोमा विद्यार्थीहरुलाई अध्यायन गराउने गरेको राईले बताए ।
२४ वर्षअघि सानो बाँसको कटेरोमा न्यून बिद्यार्थी संख्या, सिमित स्रोत र साधन, अपर्याप्त भौतिक पूर्वधारबाट सुरु भएको विद्यालय अहिले करिब साढे दुई रोपनि क्षेत्रफलमा एउटा तिनतले १२ कोठे पक्कि भवन र दुईतले १२ कोठे अर्को भवनबाट सञ्चालनमा छ । ‘पर्याप्त फर्निचरको ब्यवस्था, विज्ञान तथा कम्प्यूटर प्रयोगशालाको ब्यवस्था, ब्यवस्थित शौचालय सहित युग सुहाउँदो शैक्षिक गतिविधि सञ्चालन गर्न सफल हुदै आएको छ,’ स्थानीय सूर्य सापकोटाले बताए ।
सुरुवाती दिनहरुमा प्राथामिक तह अङ्ग्रेजी र निम्न माध्यमिक तहमा नेपाली र अङग्रेजी दुबै माध्यममा शैक्षिक कार्यक्रम सञ्चालन गरिदै आएकोमा बि.स २०६५ सालदेखि नेपाली माध्यममा माध्यमिक तह सञ्चालन सुरु भयो । २०७३ साल देखि पुर्णरुपमा अङग्रेजी माध्यममा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
सरकारी सहायता विना गुठीद्धारा सञ्चालन गरेको विद्यालयको स्रोत भनेकै विद्यार्थीको शुल्क हो । अभिभावक खुशी नभए सम्म विद्यालयले प्रगती गर्दै भन्ने बुझेका प्रिन्सीपल सफल राईले समउ समयमा अभिभावक भेला बोलाएर उनीहरुको प्रतिकृया लिने गरेका छन् । उनले भने ‘प्रत्येक शैक्षिक सत्रको प्रत्येक त्रैमासिक परीक्षा शुरु हुनु अघि र नतिजा प्रकाशन पश्चात पठनपाठन सम्बन्धि समिक्षा गर्ने उद्धेश्य सहित आयोजना गरिने अभिभावक भेलामा सम्पूर्ण अभिभावकबाट व्यक्त सकरात्मक प्रतिक्रियाले विद्यालयको शैक्षिक स्तर उच्च रहेको कुरालाई पुष्टि गर्छ ।’
विद्यालयमा अहिले २४८ जना विद्यार्थी अध्यायनरत छन् । गत बर्ष (२०७८)को एसइइ परिक्षामा विद्यार्थी प्रज्वल बरालले ३ दशमलव ७५ जिपिए सहित जिल्ल प्रथम भएपछि विद्याथीृक आकर्षण थप बढेको अभिभावक हरी खतिवडाले बताए ।
वि.स. २०६५ सालमा प्रथम पटक एस.एल.सी. परीक्षामा सहभागी भएको यस विद्यालय हालसम्म १४ वटा समूहलाई उत्कृष्ट नतिजा सहित एसएलसी/एसईई उत्तीर्ण गराउन सफल रहँदै आएको प्रिन्सीपल राइले बताए । राइले भने ‘हामीले विद्यार्थी केन्द्रित सिकाइलाई ध्यान दिएका छौ, त्यही भएर पनि उत्कृष्ट नतिजाका लागि सिहयोग मिलेको छ ।’