अमलेखगञ्जमा बस दुर्घटना : १५ जनाको अवस्था गम्भीर

अमलेखगञ्जमा बस दुर्घटना : १५ जनाको अवस्था गम्भीर

सिमरा: बाराको पथलैया-हेटौंडा सडकखण्डअन्तर्गत ३ नम्बर पुलमा यात्रुबस दुर्घटना हुँदा १० जनाभन्दा बढीको मृत्यु भएको छ । 

नारायणघाटबाट वीरगन्जतर्फ आउँदै गरेको बा. प्र-०६-००१ ख ०११० नम्बरको बस ३ नम्बर पुलको मोडमा दुर्घटना भएको हो । 

दुर्घटनामा मृत्यु हुनेको संख्या यकिन हुन सकेको छैन । स्थानीयका अनुसार दुर्घटनामा १० जना भन्दा बढीको घटनास्थलमै मृत्यु भएको छ । 

यद्यपि प्रहरीले भने मृतकको संख्या अहिले बताउन नसकिने बताएको छ । 

दुर्घटनामा २५ भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि हेटौंडा लगिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.