प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

रौतहट : नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएका छन्। आइतबार रौतहटको क्षेत्र न३ को निर्वाचन कार्यालयमा साहले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनले टिकट आफूसँगै भए पनि स्वतन्त्र उम्म्दवारी दिएको बताए। पूर्व मन्त्रीसमेत रहेका नेता साह एमालेमा बलियो उम्मेदवारका रुपमा हेरिएका थिए। तर उनको स्वतन्त्र उम्मेदवारीले बहसको विषय बनाएको छ।
प्रतिक्रिया दिनुहोस !
१
