अन्तर्राष्ट्रिय पर्यटन आगमन तीन गुणाले बढ्यो

अन्तर्राष्ट्रिय पर्यटन आगमन तीन गुणाले बढ्यो

काठमाडौं : सन् २०२२ को जुलाईसम्म अन्तर्राष्ट्रिय पर्यटन आवागमन झन्डै तीन गुणाले बढेको छ। विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) ले सार्वजनिक गरेको जनवरीदेखि जुलाईसम्मको तथ्यांकअनुसार सन् २०२१ को सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय पर्यटकको आगमन १ सय ७२ प्रतिशतले बढेको छ। 

यसको अर्थ यो क्षेत्रले कोभिडअघिको स्तरको झन्डै ६० प्रतिशत रिकभरी गरेको छ। यात्रा प्रतिबन्धहरू हट्दै जानुले अन्तर्राष्ट्रिय यात्रा स्थिर रिकभरीतिर अघि बढेको देखिन्छ। संगठनको सन् २०२२ सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार विश्वका ८६ देशहरूमा कोभिडसम्बन्धी यात्रा प्रतिबन्धहरू पूर्णरूपमा हटिसकेका छन्। 

सन् २०२१ को सोही महिनामा १७ करोड ५० लाख पर्यटकको आगमन भएको थियो। यस अवधिमा अनुमानित ४७४ मिलियन पर्यटकले अन्तर्राष्ट्रिय भ्रमण गरेका थिए। २०२२ को जुन र जुलाईमा मात्रै अनुमानित २०७ मिलियन अन्तर्राष्ट्रिय आगमन रेकर्ड गरिएको थियो, जुन गत वर्षको सोही दुई महिनामा देखिएको संख्याको दोब्बर हो। सन् २०२२ को ७ महिनाको पर्यटन आगमनको तथ्यांकमा जुन र जुलाईको आगमनले ४४ प्रतिशत प्रतिनिधित्व गर्छ। 

युरोपले मात्रै आगमनहरूमध्ये ३०९ मिलियनलाई स्वागत गरेको छ, जुन कुल संख्याको ६५ प्रतिशत हो। युरोपले २०२१ को पहिलो सात महिनाको तुलनामा झन्डै तीन गुणा धेरै अन्तर्राष्ट्रिय आगमनहरूलाई स्वागत गरेको छ। जुन १९० प्रतिशतको सुधार हो। 

२०२२ मा युरोप र मध्यपूर्वले जनवरी–जुलाईमा सबैभन्दा छिटो रिकभरी गरेको छ। २०१९ को तुलनामा क्रमशः ७४ प्रतिशत र ७६ प्रतिशतले पर्यटन आगामन सुधारिएको छ।  बलियो अन्तरक्षेत्रीय माग र संयुक्त राज्य अमेरिकाबाट बढाएका यात्रा परिणामहरूका कारण आशातित सुधार भएको उल्लेख छ।  यी क्षेत्रले जुनमा २१ प्रतिशत र जुलाईमा १६ प्रतिशतले सुधार गरेको छ। युरोपका धेरै मुलुकहरूमा यात्रा प्रतिबन्ध हट्नुले पनि पर्यटन आगमन सुधारिएको हो।

मध्यपूर्वमा मात्रै २०२२ को जनवरीदेखि जुलाईसम्ममा अन्तर्राष्ट्रिय आगमन वार्षिक लगभग चार गुणा बढेको छ। जुलाईमा हज यात्री बढेपछि साउदी अरेबियामा १२१ प्रतिशत पर्यटक आगमन बढेको छ। समीक्षा अवधिमा अमेरिकाको १ सय ३ प्रतिशत र अफ्रिकाको १ सय ७१ प्रतिशतले आगमन बढेको छ। एसिया र प्रशान्त क्षेत्रको आगमन १ सय ६५ प्रतिशतले बढेको छ।  

यो क्षेत्रमा २०२२ को पहिलो सात महिनामा दोब्बरभन्दा बढी आगमनहरू बढेको छ। यी क्षेत्रमा केही मुलुकहरूमा रहेको यात्रा प्रतिबन्धका कारण सन् २०१९ को तुलनामा पर्यटक आगमन ८६ प्रतिशतले कमी हो। 
संगठनका महासचिव जुराब पोलोलिकाश्भिलीले विश्व पर्यटन क्षेत्र स्थिरतर्फ अग्रसर भएको बताए। ‘पर्यटन स्थिरोन्मुख हुँदै गर्दा भूराजनीतिकदेखि आर्थिकसम्मका धेरै चुनौतीहरू बाँकी छन्। यस क्षेत्रले मानिसका लागि आशा र अवसर फिर्ता गरिरहेको छ। अब पर्यटन, कहाँ गइरहेको छ र यसले मानिसलाई कसरी असर गर्छ भनेर पुनर्विचार गर्ने समय आएको छ।’ उनले भने।  

विश्व पर्यटन सुधारसँगै विश्व हवाई ट्राफिकमा पनि सुधार देखिएको छ।  सन् २०२२ को जनवरी–जुलाईमा २ सय ३४ प्रतिशतले हवाई यात्रु बढेका छन्। सुधार हुँदाहुँदै पनि २०१९ को तुलनामा ४५ प्रतिशतले हवाई यात्रुमा कमी देखिएको अन्तर्राष्ट्रिय उड्डयन संगठनले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.