यी हुन् बाराका १८६ उम्मेदवार

यी हुन् बाराका १८६ उम्मेदवार

सिमरा : बाराको चार निर्वाचन क्षेत्र अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको १२ सीटका लागि एक सय ८६ जनाको उम्मेदवारी परेको छ । मंसिर ४ गतेका हुने निर्वाचनको कार्यतालिका अन्तर्गत आईतवार भएको मनोनयमा बाराको चार वटै क्षेत्रमा एक सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउनेमा राजनीतिक दलका एक सय दुई जना छन् भने ८४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । राजनीतिक दलबाट टिकट नपाएर असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिने केही छन् भने अन्य दलको ‘डमी' उम्मेदवार छन् । पार्टीबाट टिकट नपाएपछि केही उम्मेदवारले दल बदलिएर भएपनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

बारा क्षेत्र नं. १

यस क्षेत्रमा प्रतिनिधि सभा र प्रदेशसभातर्फ ४६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभामा १८, प्रदेशसभा (क) मा १३ र (ख) मा १५ जनाको उम्मेदवारी परेको हो । ति मध्ये २० जना स्वतन्त्र उम्मेदवार छन् ।

यस क्षेत्रमा प्रतिनिधिसभाका लागि नेकपा एमालेका पोलिटव्युरो सदस्य अच्युत मैनाली, खानेपानी मन्त्री एवम् कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्त बहादुर दर्लामी, हाम्रो नेपाली पार्टीका राकेश न्यौपाने, मंगोल नेसनल अर्गनाइजेशनबाट महेन्द्र चौधरी, कांग्रेस बीपीबाट धर्मेन्द्र प्रसाद, नेपाल लोक्तान्त्रिक पार्टीका मोजहर हुसेन मन्जुर, राप्रपा नेपालका शिवप्रसाद तिमिल्सिना, नेपाली जनता पार्टीका प्रदीपकुमार प्रसाद साह कलवार, नागरिक उन्मुक्ति पार्टीका भुवनप्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल र जनमत पार्टीका मनोजकुमार थारुले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिएकामध्ये मैनाली र चौधरी ‘हेभिवेट' उम्मेदवार हुन् । २०७४ सालको निर्वाचनमा पनि दुवै प्रतिस्पर्धी रहेका थिए । उक्त निर्वाचनमा चौधरीले बाजी मारेका थिए । कांग्रेसभित्रको आन्तरिक द्धन्द्धका कारण यसपटक मैनाली बलियो उम्मेदवारका रुपमा देखिएका छन् ।

यस क्षेत्रमा अनिलकुमार गुप्ता, कृष्णराज गिरी, धर्मेन्द्रकुमार साह, शिवप्रसाद रिजाल, अनवर अंसारी र चनकराज भट्टराईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी प्रदेशसभा १(क) मा नेकपा एमालेका केन्द्रीय सदस्य त्रिलोकी चौधरी, नेपाली कांग्रेसका रमेश  दंगाल, हाम्रो नेपाली पार्टीका मेसबहादुर ढकाल क्षेत्रि, नेपाल सुशासन पार्टीका दामोदर पनुहर, नागरिक उन्मुक्ति पार्टीकी राधाकुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी साह कलवार, मंगोल नेशनल अर्गनाइजेशनका मदनबहादुर बम्जन र जनमत पार्टीका युवराज मैनालीले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा १(क) मा शिवनारायण थारु, जयमंगल चौधरी, देवराज घिमिरे, एकबहादुर क्षेष्ठ र सन्नी लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले टिकट वितरणमा भुगोल नसमेटेको भन्दै एमालेका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा १(ख) मा मधेस प्रदेशका निवर्तमान सभामुख एवम् जसपाका नेता सरोजकुमार यादव, नेपाली कांग्रेसका नागेन्द्र साह कानु, एकिकृत समाजवादीका बतहु राय यादव, राप्रपा नेपालका जोखु साह कानु, नागरिक उन्मुक्ति पार्टीका उमेशप्रसाद कलवार र जनमत पार्टीका सिताराम प्रसाद नेपालीले उम्मेदवारी दिएका छन् । गठबन्धनबीच सहमती अनुसार यस क्षेत्र एकिकृत समाजवादीको भागमा परेको भएपनि कांग्रेस उम्मेदवार समेत मैदानमा देखिएका छन् । यस क्षेत्रमा निवर्तमान सभामुख ‘हेभिवेटÕ उम्मेदवार हुन् ।

बारा क्षेत्र नं. २

यस क्षेत्रमा राजनीतकि दलको भन्दा स्वतन्त्र उम्मेदवार बढी देखिएका छन् । तीन सीटका उम्मेदवारी दिएका ४७ जना उम्मेदवारमध्ये २९ जना स्वतन्त्र उम्मेदवार छन् ।

प्रतिनिधिसभाका लागि पूर्वमन्त्री एवम् जसपाका नेता रामसहाय यादव र नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा, नेपाल मजदुर किसान पार्टीका मेरोलालप्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रबिन्द्र प्रसाद जयसवाल, नेपालका लागि नेपाली पार्टीका शेख ओली आलम र राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद साह तेलीले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा जसपा नेता यादव र माओवादी केन्द्रका कुशवाहाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

यस क्षेत्रबाट प्रतिनिधिसभामा कांग्रेस महासमिति सदस्य अरुणकुमार ज्ञवालीसहित जीतेन्द्रप्रसाद यादव, प्रशान्त कुमार यादव, विनोदकुमार यादव, मंजारुल अंसारी, रबिन्द्रप्रसाद यादव, रामकिशोर प्रसाद यादव र शम्भुप्रसाद साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैगरी यस क्षेत्रको प्रदेशसभा २ (क) मा ९ स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले केन्द्रीय सदस्य बलबिर चौधरी, लोसपाका मोतिलाल कुशवाहा, नेपाल लोकतान्त्रिक पार्टीका केएस फिजिसन, नेपालका लागि नेपाली पार्टीका जगदेव महतो कोइरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका देवानन्द सहनी र जनमत पार्टीका रामाशंकर प्रसाद कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दिएकामध्ये एमालेका चौधरी बलियो अवस्थामा देखिएका छन् ।

यस क्षेत्रका लागि अनुरुद राउत, कामेश्वरप्रसाद यादव, दीपेन्द्रप्रसाद यादव, धर्मलाल प्रसाद यादव, राजेशप्रसाद यादव, लक्ष्मण राउत अहिर, वीरेन्द्रप्रसाद यादव, उषाकुमारी यादव र सारदासंकर प्रसाद कलवारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा २(ख) मा भने १७ जनाको उम्मेदवारी परेको छ । जसमा ११ जना स्वतन्त्र उम्मेदवार छन् । जनता समाजवादी पार्टीका बच्चा राउत अहिर, नेपाली कांग्रेसका रामअध्योध्या प्रसाद यादव, नेपाल मजदुर किसान पार्टी चन्दनकुमार यादव, जनमत पार्टीका गजानन्दप्रसाद यादव, नेपाल सदभावना पार्टीका भुलनसिंह राजपुत, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदहिन रायले मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रमा जसपाका राउत र कांग्रेसका यादवबीच प्रतिस्पर्धा हुनेछ ।

यस क्षेत्रमा अजयकुमार यादव, ओमप्रकाश प्रसाद यादव, ओम प्रवेश शर्मा, देवेन्द्रप्रसाद गिरी, नवल किशोर प्रसाद, प्रभुनाथ राउत, भतरप्रसाद साह, महेश्वर कुमार उपाध्याय, रामएकबाल प्रसाद यादव, सुरेश कुमार यादव र सुनिल कुमार पण्डितले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

बारा क्षेत्र नं. ३

यस क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ४५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाको एक सीटको लागी १८, प्रदेशसभा (क) तर्फ १५ र (ख) तर्फ १२ जनाको उम्मेदवारी परेको हो । उम्मेदवारी दिने ४५ जनामध्ये १५ जना स्वतन्त्र उम्मेदवार छन् ।

प्रतिनिधिसभाका लागि नेकपा एमाले पोलिव्युरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साह, जसपाका  रामबाबु कुमार यादव, लोसपाका लालबाबु सिंह भुइहारले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

यसैगरी प्रतिनिधिसभाकै लागि विवेकशील साझा पार्टीका अमिरी साह तेली, नेपाल जनता पार्टीका गोपाल दास, हाम्रो नेपाली पार्टीका चन्द्र प्रकाश सुवेदी, एकीकृत शक्ति नेपालका नरेशकुमार चौलागाई, मंगोल नेशनल अर्गनाइजेसनका नुर महमद हवारी धोवी, नेपाल मजदुर किसान पार्टीका महमुदिन मिया अंसारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजेन्द्र प्रसाद जैसवार, जनमत पार्टीका राधिका देवी साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुपनारायण ठाकुर लोहार र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्माले मनोनयन दर्ता गराएका छन् ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदमा पाँच जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा कलामुद्धिन अंसारी, मनोज पण्डित, दिनेश्वर झा, रामकृष्ण साह, इन्द्रदेव महतो रहेका छन् ।

प्रदेश सभा ३(क) तर्फ राजनीतिक दलबाट १० र स्वतन्त्रबाट पाँच जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट रविन्द्रदास श्रेष्ठ, नेकपा माओवादी केन्द्रका मुकेश साह, जनता समाजवादी पार्टीका भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन् । यहाँ पनि त्रिपक्षिय प्रतिस्पर्धा हुने अवस्था छ ।

यसैगरी ३(क) कै लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका बलिराम राउत पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बलिराम हजरा दुसाद, नेपाल मजदुर किसान पार्टीका भुण्टा माझी, जनमत पार्टीका मदनप्रसाद साह, मंगोल नेशनल अर्गनाइजेसनबाट मेघबहादुर गोले, हाम्रो नेपाली पार्टीका शिवनाथ प्रसाद पटेल र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्रप्रसाद साह तेलीले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा दीपककुमार बराल, दिलिपकुमार साह, ध्रुवप्रसाद यादव, नारायण क्षेत्री र शिवदत्तप्रसाद कुर्मीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेश ३(ख) मा नेकपा एमाले केन्द्रीय सदस्य महम्मद समिर, नेपाली कांग्रेसका जयचन्द्र चौरसिया, जनता समाजवादी पार्टीका पारसप्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद जैसवार, नेपाल मजदुर किसान पार्टीका चन्द्रिकाप्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मनोज साह तेली र जनमत पार्टीका संतोष प्रसाद पटेलले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा एमाले, जसपा र कांग्रेस उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।  यस क्षेत्रमा प्रदीपप्रसाद यादव, प्रमिला गिरी, बाचालाल साह कानु, बुधनप्रसाद यादव र सुरेशकुमार मोदकले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बारा क्षेत्र नं. ४

यस क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ४८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभातर्फ २० जनाको उम्मेदवार परेको यस क्षेत्रमा प्रदेशसभामा २८ जनाले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रमा लोसपा छोडेर एमालेमा आएका निवर्तमान सांसद एकबाल मियाँ, तनहुँ छोडेर बारा आएका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । दुवै पूर्वमन्त्री हुन् । मियाँ पूर्व युवा तथा खेलकुद मन्त्री हुन् भने श्रेष्ठ पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन् । मियाँ २०७४ सालको निर्वाचनमा बारा क्षेत्र नं. ४ बाट निर्वाचित सांसद हुन् ।

यसै क्षेत्रमा नेपाली कांग्रेसका नेता इच्छाबहादुर वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बारा क्षेत्र नं. ४ मा कांग्रेसले कतैपनि टिकट नपाएपछि वाग्लेले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । वाग्ले सिमरास्थित होटल इच्छाका संचालक समेत हुन् । वाग्लेको उम्मेदवारीले यस क्षेत्रमा निर्वाचन रोचक हुने देखिएको छ । कांग्रेसलाई जिवन्त राख्न आफूले उम्मेदवारी दिएको वाग्लेले प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभाकै लागि यस क्षेत्रमा नेपाल सद्धावना पार्टीका खेदू महतो धानुक, राष्ट्रिय प्रजातन्त्र पार्टीका जलिल देवान, राष्ट्रिय स्वतन्त्र पार्टीका पवन चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रोहनकुमार, जनता प्रगतिशिल पार्टी नेपालका श्रीनिवास महतो, हाम्रो नेपाली पार्टीका सन्तोषकुमार गुप्ता, विवेकशील साझा पार्टीका सुनिलप्रसाद साह कलवार र जनमत पार्टीका हरिप्रसाद कुर्मीको उम्मेदवारी परेको छ ।

यस क्षेत्रमा रामकृष्ण तिवारी, रामश्रेय प्रसाद कुशवाहा, हरि महरा, किशोरीलाल कुर्मी, गोविन्दप्रसाद मण्डल, दिनेशप्रसाद भेडिहर, नेमराजप्रसाद जैसवाल, पूर्णप्रसाद पन्थ र हरीनारायण सहनी मलाहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा ४(क) तर्फ नेकपा एमालेका प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, हाम्रो नेपाली पार्टीका संतोष कुशवाहा, जनमत पार्टीका गणेशप्रसाद यादब, विवेकशील साझा पार्टीका डम्बरबहादुर खत्री, नेपाली कांग्रेस बीपीका द्धारिका श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका नन्दालाल राउत, जनता प्रगतिशिल पार्टी नेपालका  मारकन्डे प्रसाद, राष्ट्रिय प्रजातन्त्र पार्टीका यमकुमार जर्का मगरले उम्मेदवारी दर्ताका गराएका छन् ।

यसै क्षेत्रबाट नेपाली कांग्रेसकी नेतृ नारायणी रायमाझीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । कांग्रेसले टिकट नपाएपछि रायमाझीले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । यसैगरी स्वतन्त्र उम्मेदवारी दिने अन्यमा अनिलकुमार साह, कृष्णप्रसाद चौलागाई र महेन्द्रप्रसाद थारु रहेका छन् ।

प्रदेश सभा ४(ख) तर्फ लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं मधेस प्रदेशका पूर्वमन्त्री जितेन्द्र सोनल, जनता समाजवादी पार्टीका आत्माराम साह, जनता प्रगतिशिल पार्टी नेपालका छोटेलालप्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका  दीपेन्द्रकुमार कलवार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका देवबाबु प्रसाद कुर्मी, विवेकशील साझा पार्टीका धनन्जयप्रसाद यादव, नेपाल लोकतान्त्रिक पार्टीका प्रभुप्रसाद गुप्ता, हाम्रो नेपाली पार्टीका लक्ष्मीनारायण महतो र जनमत पार्टीका सुरेश प्रसादले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा ४(ख) मा ६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दिनेमा उमेश कुशवाहा, अजयकुमार गुप्ता, केदारप्रसाद तेली, मोजाइद अंसारी, राजु देवान र राजकुमार राम रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.