सद्भावना पार्टीका उम्मेदवार एमालेमा प्रवेश
ढल्केवर(धनुषा) : नेपाल सद्भावना पार्टीका प्रतिनिधिसभा सदस्यको उम्मेदवार नेकपा एमालेमा प्रवेश गरेका छन्। धनुषा निर्वाचन क्षेत्र नम्बर ४(ख) मा नेपाल सद्भावना पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका राजेन्द्रप्रसाद सिंह नेकपा एमाले प्रवेश गरेका हुन् ।
सद्भावना पार्टीका वरिष्ठ नेतासमेत रहेका सिंहलाई एमाले सचिव रघुविर महासेठले पार्टीमा स्वागत गरेका छन् । एमालेबाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका हरिनारायण महतोलगायतकै नेताको पहलप्रयासमा नेसपा नेता सिंहलाई पार्टीमा भित्र्याइएको एमालेका एक नेताले बताए ।
एमाले प्रवेशसँगै आज निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिने नेता सिंहले बताए ।