जापानी कम्पनीले विद्यालय बनाइदिने

जापानी कम्पनीले विद्यालय बनाइदिने

जापान : जापानको एक कम्पनीले नेपालको ग्रामीण क्षेत्रमा विद्यालय निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। 

जापानको निचिनोउकेन कान्तोउ ग्रुपले स्थापनाको ५०औं वर्ष पुगेको अवसरमा नेपालको ग्रामीण विकट क्षेत्रमा विद्यालय निर्माण गर्ने उद्देश्यले नेपाली राजदूतावास जापानसँग समन्वय गरेको छ। मंगलबार नेपाली दूतावासमा विद्यालय बनाउने बारे निचिनोउकेन कान्तोउ ग्रुपका अध्यक्ष कोजिमा र राजदूत डा. दुर्गाबहादुर सुवेदीबीच समन्वयत्मक छलफल भएको छ। यसअघि पनि नेपाल, भियतनाम, मंगोलियालगायत विपन्न देशहरूमा उक्त कम्पनीले सामाजिक कार्य गरेको र आफूलाई सेवा गर्न पाउँदा आनन्द हुने कम्पनीका अध्यक्ष ईसामु कोजिमाले बताए।

 रोटरी क्लब अफ योकोहामा हिरोसिकाका अध्यक्षसमेत रहेका कोजिमाले सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्य गर्ने शिलशिलामा यसपटक नेपालमा १ करोडभन्दा बढी जापानी येन सहयोग गर्ने घोषणा गरेका छन्। कम्पनीका अध्यक्ष ईसामुलाई राजदूतले विशेष धन्यवाद दिँदै समन्वयका लागि दूतावासले भूमिका खेल्ने विश्वास दिलाए। भेटमा राजदूत डा. सुवेदीले एक करोडभन्दा बढी बजेटमा नेपालमा स्थानीयको श्रमदान लिएर ३ वटा विद्यालय बनाउन आग्रह गर्दै दूतावासबाट आवश्यक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।

भेटमा निचिनोउकेन कान्तोउ ग्रुपका अध्यक्ष ईसामु कोजिमा, राजदूत डा. दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख अम्बिका जोशी, कम्पनीका महाप्रबन्धक मनिश श्रेष्ठ र पत्रकार महासंघ जापानका सचिव शान्त पहरीको उपस्थिति थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.