साइमनको पाँचौं राष्ट्रिय सम्मेलन सुरु
काठमाडौं : सोसाइटी अफ इन्टरनल मेडिसिन नेपाल (साइमन)को पाँचौ राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा सुरु भएको छ।
सम्मेलनको उद्घाटन शिक्षाविद् जर्ज जोनले गरेका छन्। दुई दिने उक्त सम्मेलनमा नेपालसहित बेलायत, भारत, बंगलादेश, माल्दिभ्सका फिजिसियन चिकित्सकहरु सहभागी छन्।
सम्मेलनमा ५० वटा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरिने साइमनका महासचिव डा. मुकुन्दप्रसाद काफ्लेले जानकारी दिए। मुटु, मिर्गौला, स्नायु, बाथ, संक्रामक रोग लगायतका विभिन्न विषयमा गहन छलफल एवं विचार विमर्श हुने जनाइएको छ।