हररोगमा होमियोप्याथी
मानव शरीर पञ्चतत्त्वले बनेको छ। जीवनधारण गर्न यी पञ्चतत्त्व आकाश, पृथ्वी, जल, वायु र अग्निको आवश्यकता हुन्छ। यस पञ्चभूतबिनाको कुनै जीवनको कल्पनासमेत पनि गर्न सकिँदैन। जब मानिस प्रकृति (नियति) को यस निरन्तरताको अनुकूल नहिँडेर आफ्नो जीवनशैली तथा वातावरणमा असन्तुलन उत्पन्न गर्छ। तब मानिसलाई अनेकौं प्रकारका मानसिक एवं शारीरिक रोगव्याधिले घेर्न थाल्छ। जसलाई सम्बन्धित चिकित्सकले मानिसको अंग–प्रत्यंगको जाँचपड्ताल तथा ल्याब परीक्षण गरी रोगको निदान गरिन्छ।
रोगसँग मानिसको जन्मदादेखि नै दौतरी सम्बन्ध रहिआएको हुन्छ। यी दुवै सँगसँगै जन्मे, हुर्के र खेले। जो कमजोर भयो, उसलाई अर्कोले पछार्ने भयो। यस किसिमले रोग र जीवनसँगको लुकामारीको खेल चल्यो। जुन चलिनैरहने छ। तर, मानिस प्रकृतिको सर्वश्रेष्ठ प्राणी भएकाले उसले रोगसँग लड्ने विभिन्न उपायको खोजी गर्न थाल्यो। ताकि यस सांसारिक यात्रामा मानिस स्वस्थ्य भएर लामो समयसम्म संलग्न भइरहोस्। यस उद्देश्यले समयानुसार विभिन्न प्रकारका रोगव्याधिको उपचारार्थ औषधिहरूको खोजी गर्ने कार्य सुरु भयो। यस कार्यमा आयुर्वेदिकमा धन्वन्तरी, महर्षिचरक, एलोपेथका हिपोक्र्याट, युनानीतर्फ लुकमानहकिम आदि अनेकांै मनिषी लागे। त्यसैमध्ये जर्मनीका एलोप्याथिक चिकित्सक डा. क्रिश्चनफेड्रिक स्यामुअल हेनिमेन पनि एक थिए।
हेनिमेनले ‘समानताले समानताको उपचार अर्थात् सदृश रोगको सदृश चिकित्सा’ भन्ने एउटा नयाँ सिद्धान्तको प्रतिपादन गरे। अर्थात् जुन चिज (पदार्थ) को प्रयोगले जुन किसिमको रोगका लक्षणहरू शरीरमा उत्पन्न हुन्छन्। त्यसै पदार्थको सूक्ष्म अंश नै त्यस रोगको औषधि हो। कुनै रोगीको उपचार गर्ने क्रममा होमियोप्याथिक चिकित्सकद्वारा रोगीको समष्टिगत लक्षण अर्थात् टोटालिटी अफ सिम्पटमसका आधारमा सिंगो जीवन तन्त्रको विश्लेषण गर्छ। विभिन्न औषधीय बोट–बिरुवाबाट लिएको औषधिको सूक्ष्मतत्त्वले हाम्रो प्राणशक्ति माथि पनि असर गर्छ। जसले जीवनशक्तिलाई यति सशक्त बनाइदिन्छ कि रोग प्रभावहीन भएर स्वतः समाप्त भइहाल्छ।
होमियोप्याथिक चिकित्सा अप्रत्यक्ष रूपमा हेर्ने हो भने एक प्रकारले मनोचिकित्सा पद्धति होभन्दा अत्युक्ति न होला। जसमा रोगीको मानसिक लक्षणहरूलाई अन्य शारीरिक लक्षणभन्दा विशेष महत्त्व दिँदै रोगीको चिकित्सा गरिन्छ। जसले गर्दा मानसिक रोगका साथै शरीरका अन्य कष्ट पनि स्वतः हटेर जान्छ। मानव (मन) मस्तिष्क नै सबै प्रकारको शारीरिक एवं मानसिक क्रियाकलापको आधार हो। मानव शरीर त एउटा एकाइ मात्र हो।
मानिसको शरीर र मन जोडिएको हुन्छ। भनिन्छ, ८० प्रतिशत रोगको कारण मन हो। मस्तिष्कको आदेशमा नै यो शरीरका अंग–प्रत्यंगहरू चल्छन्। शरीरले भनोस् र मस्तिष्कले कार्य गरोस्, यस्तो कदापि हँुदैन। मानव मस्तिष्कको आदेशबाटै शरीरको प्रत्येक सिष्टमले काम गर्छ। मस्तिष्कबाहेक शरीरका बाँकी भाग सबै शाखा–उपशाखा हुन्। जुन मस्तिष्कबाट सञ्चालित छन्। आजको यस यान्त्रिक युगमा रोगका मुख्य कारणमा प्रतिस्पर्धा, प्रदूषण, तनाव र इष्र्याका साथै मानिसमा बढी महत्वाकांक्षा हुनु हो। जसको परिपूर्तिका लागि मस्तिष्कले कम्प्युटर जस्तो यन्त्र भएझैं दिनरात कार्य गरिरहेको हुन्छ।
व्यक्तिको मन–मस्तिष्कले शान्ति र विश्रामका लागि समय नै पाउँदैन। जसको फलस्वरूप मानिस अनेक प्रकारका मानसिक तथा शारीरिक रोगको शिकार हुन जान्छ। जस्तै– भय, चिन्ता, उच्च रक्तचाप, ब्रेन हेमरेज, प्यारालाइसिस, हार्टअटेक, छालाको एलर्जी, अनिन्द्रा, मधुमेह, डिप्रेसन, होमसिकनेस, पागलपन, आत्महत्याको प्रवृत्ति, स्मरण शक्तिको गडबडी, रिस उठ्नु, घरबाट पलायन हुनु आदि।
आज हामी प्रकृतिबाट एकदमै टाढा हँुदै गइरहेका छौं। जसको फलस्वरूप हामीमा मानसिक तनाव र कुण्ठित भावना बढ्दै गएका छन्।
मादक पदार्थ पिएर कराउनेहरू, लागूपदार्थको दुव्र्यसनीहरू तथा विक्षिप्त मनस्थितिका रोगीहरू समाजमा कम छैनन्। होमियोप्याथिक चिकित्सा पद्धति जहाँ यस्ता रोगीलाई मानसिक एवं शारीरिक लक्षणको आधारमा औषधिको रूपमा साउदाना जस्ता साना–साना सेतो गुलियो औषधिहरूको सेवन गर्न दिइन्छ। जसको सेवनले समाज तथा परिवारबाट उपेक्षित ती मानसिक रोगीहरूलाई स्वस्थ्य र सम्मानित जीवन बाँच्नयोग्य बनाउन सकिन्छ।
मादक पदार्थ पिउने, तास आदि खेल्ने, अपराध गर्ने, यौनहिंसादेखि बलत्कार गर्नेजस्ता मनस्थितिका मानिसको सुधार मुलुकको ऐनकानुनले पार लगाउँदैन। दण्ड गरेर, सजाय दिएर वा जेलमा राखेर समाधान हुँदैन। जो कुनै न कुनै मानसिक रोगबाट पीडित भएका हुन्छन्। यिनीहरूको उपचार पुनस्र्थापना केन्द्र एवं सुधारगृहमा राखेर सफलतापूर्वक गर्न सकिन्छ। अर्कोतर्फ अपराधको प्रकृति हेरिकन त्यसनुसारको दण्डसजाय दिनु साथै मनोचिकित्सा तथा होमियोप्याथिक चिकित्साको माध्यमबाट सम्भव छ। यस्ता रोगीको मानसिक एवं शारीरिक लक्षणका आधारमा निम्नलिखित होमियोप्याथिक औषधिहरूको प्रयोग गर्न साकिन्छ।
डा. जेम्स टाइलर केन्ट (अमेरिका, १८४९–१९१६) को अभूतपूर्व ग्रन्थ ‘रिपर्टरी अफ दि होमियोप्याथिक मेटेरियामेडिका’मा मनको सेक्सनमा हेर्ने हो भने कैयौं यस्ता औषधि भेटिन्छन्। जसलाई विभिन्न प्रकारको मनमा उठ्ने मनोभावका लागि भिन्दा–भिन्दै शीर्षक, उपशीर्षक दिएर क्रमशः वर्णानुक्रमानुसार ‘रिपर्टरी’ नामक यस पुस्तकमा इन्डेक्सको रूपमा राखिएको छ। (क) कसैलाई ज्यानै मारिदिने इच्छा औषधि– हिपरसल्फर, हायोसायमस, पलाटिना, मर्कसल, नक्सभोमिका आदि। (ख) कसैको प्रेममा असफल भएपछि आत्महत्या गर्ने इच्छा भएका मानसिक रोगीहरूमा लक्षणअनुसार प्रयोग गरिने औषधि– इग्नेसिया, नेट्रम–म्युर, हायोसायमस, आरम मेटालिकम आदि। (ग) यौनको प्रबल इच्छाका कारण अथवा प्रतिशोधका कारण बलात्कार गर्ने प्रवृत्ति भएका रोगीमा प्रयोग हुने औषधि– टेरेन्टुला, स्ट्रामोनियम, लेकेसिस, मेजोरिनम, हायोसायमस आदि (घ) मादक पदार्थ पिउने प्रवल इच्छा भएका रोगीमा प्रयोग हुन सक्ने औषधि– सल्फयुरिक–ऐसिड, सल्फर, आर्सेनिक, सिफिलिनम आदि। (ङ) आत्महत्या गर्ने प्रवृत्ति भएका मानसिक रोगीलाई दिइने औषधि– आर्सेनिक एल्बम, नेट्रमसल्फ, आरममेटालिकम, नक्सभोमिका आदि।
आवश्यकताअनुसार रोगीको मानसिक एवं शारीरिक लक्षणलाई मध्यनजर राखेर होमियोप्याथिकमा भएका अन्य औषधिको पनि प्रयोग गर्न सकिन्छ। कुनै पनि व्याक्तिमा आपराधिक प्रवृत्ति एक्कासि जन्मँदैन। अनेकौं मानसिक एवं परिस्थितिजन्य कारण हुन्छन्। मनोचिकित्सक या होमियोप्याथिक चिकित्सकसँग उपचार गराइयो भने आपराधिक प्रवृत्ति स्वतः ठीक हुन्छ। र, अपराधमुक्त एवं विकाररहित स्वस्थ्य समाजको निर्माण गर्न सकिन्छ।
मिश्र होमियोप्याथिक चिकित्सक हुन् ।
भनिन्छ, ८० प्रतिशत रोगको कारण मन हो। मस्तिष्कको आदेशमा नै यो शरीरका अंग–प्रत्यंगहरू चल्छन्। मानव मस्तिष्कको आदेशबाटै शरीरको प्रत्येक सिष्टमले काम गर्छ।