क्षेत्र नम्बर ४ का युवाहरूको मात्रै अन्तर्वार्ता लिने भनेपछि अरू अलपत्र

क्षेत्र नम्बर ४ का युवाहरूको मात्रै अन्तर्वार्ता लिने भनेपछि अरू अलपत्र

सिमरा : वैदेशिक रोजगारीमा जाने युवाको प्रि अन्तर्वार्ता भन्दै पूर्व श्रममन्त्री किसान श्रेष्ठले निर्वाचन आचारसंहिताविपरीत मतदाता प्रभावित पार्ने प्रयास गरेका छन्। 

बारा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका श्रेष्ठले परवानीपुरस्थित बिएस पार्टी प्यालेसमा आइतवार अन्तर्वार्ता राख्न लगाएका हुन्। 

श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशनबमोजिम ललितपुर-७ ग्वार्कोस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले परवानीपुरमा अन्तर्वार्ता राखेको हो। 

दुई दिनसम्म चल्ने उक्त अन्तर्वार्ता लिने स्थानमा पूर्वमन्त्री श्रेष्ठ र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलको ब्यानर राखिएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भइसकेका श्रेष्ठले चुनावी प्रचारमा म्यानपावर कम्पनीको प्रयोग गरेका हुन्। 

इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीका प्रशासन प्रमुख विवेक शर्माले पूर्व श्रममन्त्री श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशनबमोजिम अन्तर्वार्ता राखिएको बताए। 

शर्माका अनुसार प्रि अन्तर्वार्तामा छनौट भएकाहरूलाई अर्को अन्तर्वार्ता लागि दुई दिनपछि काठमाण्डौमा बोलाइने र तीन महिनाको प्रक्रियापछि मलेसिया पठाइनेछ। 

मतदातालाई प्रभावित पार्ने उद्देश्यसहित उम्मेदवारको चुनावी ब्यानरमुनि अन्तर्वार्ता राखिएपछि अन्य राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीतका कार्य गरिएको भन्दै आपत्ती जनाएका छन्। 

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले उम्मेदवारको ब्यानर र पार्टीको झण्डा हटाउन प्रहरी परिचालन गरिसकेको जानकारी दिएका छन्।   

फ्रि भिसा फ्रि टिकटमा मलेसियास्थित रोजगारदाता कम्पनी स्यारिकात सिन क्वङल प्लास्टिक इण्डष्ट्रिजमा रोजगारीको अवसर रहेको भन्दै इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले ७५० जना कामदार माग गरेको सूचना निकालेको थियो। 

सोही सूचनाबमोजिम निर्वाचनको समयमा उम्मेदवारको चुनावी ब्यानरमुनि अन्तर्वार्ता राखिएको हो। उक्त कम्पनीले यसअघि तनँहुमा पनि अन्तर्वार्ता राखेको थियो। तनँहु पूर्वमन्त्री श्रेष्ठको गृह जिल्ला हो। 

नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठले सत्ता शक्तिको दुरुपयोग गर्दै निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्न खोजेको स्थानीय रमेश साहले बताए। 

अन्तर्वार्ताका लागि देशका विभिन्न स्थानबाट युवाहरू परवानीपुर आएका छन्। तर म्यानपावर कम्पनीले भने बारा क्षेत्र नं. ४ का युवाको मात्रै अन्तर्वार्ता लिने भनेपछि अन्य जिल्लाबाट आएका युवाहरू अलपत्र परेका छन्। 

सर्लाही मलंगवाबाट आएका होजेन्द्रकुमार यादवले म्यानपावर कम्पनीले सूचना गरे बमोजिम आफू आएको तर यहाँ आएपछि निर्वाचन क्षेत्र नं. ४ का युवाहरूको मात्रै अन्तर्वार्ता लिने भनेपछि आफूहरू अलपत्र परेको बताए।  

अन्य जिल्लाबाट आएका युवालाई फर्काउँदै नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरू यतिबेला स्थानीय युवा खोज्न गाँउमा परिचालित भएका छन्। 

फ्रि भिसा, फ्रि टिकटमा मलेसिया लैजाने भन्दै गाँउबाट युवाहरू खोजेर अन्तर्वार्तामा ल्याउन समाजवादीका कार्यकर्ता परिचालित भएका हुन्। 

चुनावी अभियानका क्रममा श्रेष्ठले बेरोजगार युवालाई आफ्नै क्षेत्रमा रोजगारी दिने र रोजगारको वातावरण बनाउने बताउने गरेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.