स्वास्थ्य राज्यमन्त्री केसीलाई चिकित्सकको निगरानीमा आइसीयूमै राखिने

स्वास्थ्य राज्यमन्त्री केसीलाई चिकित्सकको निगरानीमा आइसीयूमै राखिने

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको स्वास्थ्य सामान्य बन्दै गएको छ । 

डेंगु संक्रमण पुष्टि भएपछि विर अस्पतालमा भर्ना भएका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ । यसअघि  केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए ।

विर अस्पतालका निमित्त निर्देशक डा. भुपेन्द्र बस्नेतले केसीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

उनले भने, 'उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । एक दुई दिन आइसीयूमै डाक्टरको निगरानीमा राख्छौं ।’ 

केसीलाई थप अव्जरबेसन गर्नुपर्ने भएकाले आइसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । केसीको प्लेटलेस, हेमोग्लोबिन र सुगरको मात्रा सामान्य छ । व्लडप्रेसरको मात्रा पनि ठीक रहेको चिकित्सकले बताएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.