घोराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी

दाङ : दाङको घोराहीमा फर्निचर उद्योगमा आगलागी हुँदा करोडौं क्षति भएको छ । आगलागीबाट घोराहीको सहिद उमेश मार्ग सडकमा रहेको तीन वटा फर्निचर उद्योग जलेको हो।
न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। तिहार लक्ष्मीपूजामा बालिएको दियोको कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
