जंगली हात्तीको आक्रमणबाट अमलेखगंजमा एक महिला घाइते

जंगली हात्तीको आक्रमणबाट अमलेखगंजमा एक महिला घाइते

सिमरा : जंगली हात्तीको आक्रमणमा परी बिहीबार अमलेखगंजमा एक महिला घाइते भएकी छिन्। 

बाख्रा चराउन जंगल गएको अवस्थामा हात्तीले आक्रमण गर्दा जीतपुर सिमरा उपमहानगरपालिका-२१ की ५१ वर्षीया रुगैदा खातुन घाइते भएकी हुन्। 

खातुनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ। उनको घाटी र घुँडामा चोट लागेको छ। उनको अवस्था मध्यम छ। 

अमलेखगंजस्थित नेपाल आयल निगम अगाडी रहेको पार्किङ नजिकको जंगलमा खातुनलाई हात्तीले आक्रमण गरेको थियो। 
हात्तीले आक्रमण गरी घाइते बनाएपछि खातुनसंगै जंगल गएका अन्यले प्रहरीलाई खबर गरेका थिए। स्थानीयको सूचना पाएपछि पुगेको प्रहरी टोलीले घाइतेलाई अस्पताल लगेको हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.