बारामा मोटरसाइकल र बस ठोक्किदा आमाको मृत्यु, छोरा घाइते

बारामा मोटरसाइकल र बस ठोक्किदा आमाको मृत्यु, छोरा घाइते

सिमरा : बाराको पथलैयामा मोटरसाइकल र बस ठोक्किदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित पथलैया चोकमा दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका-१६ हटियाकी ४५ वर्षीया होमाकुमारी मगरको मृत्यु भएको हो । दुर्घटनामा उनका २० वर्षीया छोरा पुजल थापा मगर घाइते भएका छन् ।

पूर्वबाट हेटौंडातर्फ जादै गरेको बा.प्र ०३(०४ प ८९७८ नम्बरको मोटरसाइकल सोही दिशाबाट गइरहेको ना ५ख ५८०५ नम्बरको बससँग ठोक्किदा दुर्घटना भएको हो । 

दुर्घटनामा परि गम्भीर घाइते होमाकुमारीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । मोटरसाइकल चालक पुजलको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.