भंगहा नगरपालिकामा कर्फ्यु हट्यो, अवस्था सामान्य

भंगहा नगरपालिकामा कर्फ्यु हट्यो, अवस्था सामान्य

महोत्तरी : जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका ८ पररियाटोलमा लगाईएको कर्फ्यु हटाइएको छ। सो क्षेत्रको अवस्था सामान्य भएपछि गएराति १० बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले विज्ञप्ति प्रकाशन गरि जनाएको छ।

सो क्षेत्रको अवस्था समान्य भएपछि सुरक्षा संयन्त्रको बैठकले गरिएको सहमति अनुसार कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। गएराति १० बजेदेखि कर्फ्यु हटाइएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। अवस्था सामान्य भएपछि स्थानीयहरुले अहिले छठको तयारी गर्नमा व्यस्त रहेका छन्।

गत बिहीबार हिन्दू र मुश्लिम समुदायका पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु लगाएको थियो।

घटना छानबिन गर्न समिति गठन

सो घटनाको निष्पक्ष रुपमा छानविन गर्नका लागि गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। सो समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन्।

भंगहा– ८ को पररिया टोलमा दुई पक्षबीच भएको झडपमा परि १५ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुको विभिन्न स्थानमा उपचार भइरहेको छ।

यस्तो थियो घटना

बिहीबार हिन्दु सम्राट् सेना नामक एक सङ्गठनले निकालेको र्‍यालीमा एक समूहले ढुंगा प्रहार गरेपछि तनावमय अवस्था भएको थियो। ततपश्चात दुवै समूहबीच भएको झडपको अवस्थालाई सामान्य गर्नका लागि प्रहरी परिचालन भएको थियो। सो क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

अवस्था अझ तनावमय भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले घटनास्थल आसपासको क्षेत्रमा अनिश्चितकालको लागि कर्फ्यु जारी गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.