बझाङमा भूकम्पको धक्का
बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान करिब साढे नौ बजेको समयमा धक्का महसुस गरिएको हो।
९ बजेर २६ मिनेटमा छबिसपाथिभेराको लेकगाउँ केन्द्रविन्दु बनाएर ४ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पले बझाङसहित सुदूरका पहाडी जिल्ला, भारत र चीनका केही भूभागमा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका रादिप शर्माले बताए।