मधुमेहका बिरामीले आलु खान हुन्छ कि हुँदैन ? के भन्छन् विज्ञहरु
काठमाडौं : मधुमेहका बिरामीले औषधिसँगै खानपानमा विशेष ध्यान दिनुपर्छ।
बिरामीले कुन खाने,कुन नखाने भन्ने कुरामा ध्यान दिनु जरुरी छ। प्रायजसो बिरामीहरु आलु खाने कि नखाने भन्ने विषयमा अलमलमा हुन्छन्।
किन भने आलुमा कार्बोहाइड्रेट बढि मात्रामा हुन्छ जसले रगतमा चिनीको मात्रा बढाउँछ।
तर, अनुसन्धानकर्ताहरु मधुमेहका बिरामीका लागि आलु पूर्णरुपमा हानिकारक नहुने बताउँछन्। उनीहरुका अनुसार मधुमेहका बिरामीले आलु खाँदा समस्या नहुने र त्यसबाट पोषक तत्व प्राप्त हुने भएकाले यसको उचित सेवन गर्नुपर्ने बताउँछन्।
मधुमेहका बिरामीले दिनमा एक कचौराभन्दा बढि आलु खान नहुने उनकोहरुको सल्लाह छ। बिरामीले खाने खानामा एक चौथाई मात्र आलु हुनुपर्छ। यसका साथै खानामा दाल,हरियो सागसब्जी समावेश हुनुपर्छ।
अमेरिकी न्युट्रिसनिस्ट, डाइटिसियन मेरी एलन फिलिप्सले भनेकी छन्- 'मधुमेहका बिरामीले आहारको भागको रुपमा आलु खान सक्छन् तर खाने तरिका परिवर्तन गर्नुपर्छ।'
उदाहरणका लागि मधुमेहका बिरामीले नुन,तेल क्रिम चीजको साथमा आलुको परिकारको सट्टा स्वस्थकर खाना खानुपर्छ।
बिरामीहरुले हरियो सागसब्जी, माछामासु, दाल प्रशस्त मात्रामा खानुपर्छ। यदि कुनै व्यक्तिलाई मधुमेह छ भने उसलाई कार्बोहाइड्रेट पनि आवश्यक पर्छ। त्यसैले सन्तुलित रुपमा आलु खाँदा पनि हानी नहुने विज्ञहरु बताउँछन्।
फाइबर, प्रोटिन र स्वस्थ फ्याट भएको खानेकुरा मात्रै खानुपर्ने उनीहरुको सल्लाह छ।
एजेन्सीको सहयोगमा