यात्रु उडाउन नसकेपछि निगमले माग्यो माफी

यात्रु उडाउन नसकेपछि निगमले माग्यो माफी

काठमाडौं : नेपाल वायु सेवा निगमले आइतबार भएको उडान रद्दका सम्बन्धमा माफी मागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान स्वीकृतिविना नै निगमले आइतबार आरए २१७/२१८ उडानको तयारी गरेको थियो। 

जबकी हिउँदकालीन तालिकामा आइतबारको उक्त उडान कटौति गरिएको थियो। निगमले उडान कटौतिको जानकारी पाएपछि पनि सम्बन्धित यात्रुलाई जानकारी गराएको थिएन। 

काठमाडौं-दिल्ली-काठमाडौंको उडान आरए २१७/२१८ र सोमबारको आरए २०५/२०६ उडान विशेष कारणवश रद्द भएको जारी विज्ञप्तिमा उल्लेख छ। 

यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगमले दुःख व्यक्त गर्दै यस्तो घटना नदोहोरिन सचेत रहने समेत प्रतिवद्धता व्यक्त गरेको छ। 

उडान रद्द भएको कारणबाट गन्तव्यमा पुग्न नसकेको यात्रुहरूलाई वैकल्पिक व्यवस्थाहरूबाट उडान व्यवस्थापन गरिने भएको छ।

निगमद्वारा विज्ञप्तिमा विशेष कारणवश भनिएपनि नियामक निकाय प्राधिकरणको निर्णय नमान्दा यात्रुहरूले दुख पाएका हुन्। 

हिउँदयामका लागि हप्ताको १० उडानको स्वीकृति पाएकामा निगमले भने साविकका १४ उडानको नै प्रस्ताव दिएको थियो। 
प्राधिकरणले पहिला हिउँदयामका लागि उडान स्वीकृति प्रस्ताव गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्ने गरी पेश गर्न भनेको थियो। 

तर, निगमले तत्काल गौतमबुद्धमा उडान गर्न नसक्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै उडान गर्ने गरी स्वीकृति मागेको थियो। निगमले भनेअनुसार नगरेपछि प्राधिकरणले ४ उडान कटौति गरेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.