नेपाल ल्यूव आयलको साधारण सभा सम्पन्न

काठमाडौं : नेपाल ल्यूब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिरवृद्धि कायम गर्नुका साथै उच्च लाभांश पारित गरेको छ।
कम्पनीले साधारण सभामार्फत् शेयर धनीहरूलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको उल्लेखनीय वृद्धि र लाभांस वितरणको शेयरधनीहरूले खुला प्रशंसा गरेका छन्।
त्यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य शेयर धनीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ८१.२५ प्रतिशत सहभागी उपस्थित थिए।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, 'नेपाल ल्यूब आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको छ। व्यवस्थापन र अन्य टोली सदस्यहरू यस कम्पनीको विकासका लागि राम्रोसँग प्रतिबद्ध छन्। शेयरधनीहरूले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्ने छैनौं।'
बैठकपछि कम्पनीको कार्यसम्पादनबाट शेयरधनीहरू निकै उत्साहित देखिन्थे।
कार्यक्रममा डमरु बल्लभ, गुणराज भट्ट र अन्य शेयरधनीहरूले आ-आफ्नो उत्साह व्यक्त गर्दै भने, 'नेपाल ल्यूब आयल लिमिटेड अन्य लिमिटेड कम्पनीहरूका लागि रोल मोडल हो, कम्पनीले सेयरधनीहरूलाई नियमित रूपमा उच्च बोनस प्रदान गर्दै आएको छ, यस कम्पनीसँग आबद्ध हुन पाउँदा हामी गर्व महसुस गर्दछौं।'
नेपाल ल्यूब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री वितरण समेत गर्दछ।
गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर किङ्ग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसँग रहेको छ।
त्यस्तै गल्फ लूब्रिकेन्टस् नेपालको समेत मुख्य रूपमा रुचाइएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगट्न सफल ब्राण्डका रूपमा चिनिन्छ।
गल्फ ब्राण्डका उत्पादनहरूको विविधताले सबै अटोमोबाइल र मेशिनरीहरूलाई समेटन सक्ने गरी व्यापक क्षेत्रमा फैलन सफल रहेको छ।
प्रतिक्रिया दिनुहोस !
