दक्षिण कोरियामा एकैदिन ४३ हजार बढीमा कोरोना संक्रमण
सोल : दक्षिण कोरियामा एकैदिन ४३ हजार चार सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो आँकडा बिहीबार मध्यरातसम्मको हो।
यो सँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ५३ जनाको मृत्युको छ।
हालसम्म दक्षिण कोरियामा कोरोनाबाट २९ हजार तीन सय १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।