'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' विजेताको नाम घोषणा

'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' विजेताको नाम घोषणा

काठमाडौं : सिटी एक्सप्रेस मनी ट्रान्सफरको 'विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो' योजनाको दोस्रो महिनाको एक तोला सुन विजेताको नाम घोषणा भएको छ। 

कम्पनीले विद्युतीय प्रणालीबाट विजेता छनौट गर्दा युकेबाट रेमिट्यान्स पठाउने नुना गुरुङले एक तोला सुन जित्न सफल भएकी छिन्। 

सोही योजनाअन्तर्गत असोज १२ देखी कार्तिक १५ गतेसम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भएका छन्। 

साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रवीन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, इराकबाट सुशीला तामाङ साथै कुवेतबाट रेमिट्यान्स पठाउने हसन मोहम्मद नाउ गरी पाँच जनाले १०/१० तोला चाँदी जित्न सफल भएका छन्।

सिटी एक्सप्रेसले गत भदौ १५ गते दसैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६३ दिनसम्म चल्ने उपहार योजना घोषणा गरेको थियो। 

सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना एक जनालाई एक तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई पाँच तोला सुन उपहार प्रदान गरिने छ।

कम्पनीका अनुसार अफर भदौ १५ गतेदेखि कार्तिक १५ गतेसम्म चलेको हो। यो अवधिमा सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका हुन्। 

कम्पनीले अब छिट्टै पाँच तोला सुन जित्ने बम्पर विजेताको नाम पनि लक्की ड्र मार्फत घोषणा हुने जान्कारी गराएको छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। 

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.