यस्ता छन् मतपत्र

यस्ता छन् मतपत्र

जनकपुरधाम : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत के–कस्ता मतपत्र हुने र मतदान कसरी गर्ने बारे निकै प्रश्नहरू सर्वसाधारणसँग छन्। 

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गर्नुपर्ने कुरा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३५ मा नै उल्लेख गरिएको छ।

यसरी व्यवस्था गरिने मतपत्रमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रत्येक उम्मेदवार र समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दललाई आयोगले प्रदान गरेको निर्वाचन चिह्नसहितको मतदान गर्ने कोठा हुनुपर्ने शर्त ऐनमा व्यवस्था गरिएको छ। यसपालि प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुने आयोगले जानकारी गराएको छ।

निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभामा सहभागि हुन निवेदन दिएका ६८ वटा दलमध्ये सबै प्रक्रिया पूरा गर्दा ४७ वटा मात्र कायम भएपछि निर्वाचन चिह्न त्यसैअनुसार तय भएको छ। समानुपातिक निर्वाचन प्रणालीमा सहभागि हुनका लागि नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न लिएका छन्। त्यसैगरी नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले पनि संयुक्त रुपमा एउटै चुनाव चिन्ह लिएका छन्। 

  •     ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुने
  •     वस्तिक छापले कुनै एक चिह्नमा मत संकेत गर्नुपर्ने
  •     ४ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुर्पछ

त्यसैगरी सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले पनि साझा चुनाव चिह्न लिएका छन्। प्रतिनिधिसभा समानुपातिकतर्फ ११० सिट छ। प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशअनुसार मतपत्रमा चुनाव चिह्नको संख्या फरक–फरक पर्ने जनाइएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा दलहरूले समानुपातिकतर्फको अन्तिम बन्दसूची बुझाएपछि मात्र मतपत्र छपाइ भएकोले यी दुई प्रदेशमा बन्दसूची बुझाउने दलको मात्र निर्वाचन चिह्न रहने छ। 

तर, प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको समानुपातिकतर्फको मतपत्र बन्दसूची पेश गर्नुअघि नै छपाइ भइसकेका कारण निर्वाचनमा सहभागिताका लागि निवेदन दिएका दलको निर्वाचन चिन्हसमेत रहने भएको छ। यसअनुसार प्रदेश १ मा ५५ वटा निर्वाचन चिह्न, मधेश प्रदेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ र लुम्बिनीमा ५४ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुनेछ।

कर्णाली प्रदेशमा २८ र सुदुरपश्चिम प्रदेशमा ३४ वटा निर्वाचन चिह्न भएका मतपत्र छन् भने कर्णाली प्रदेशमा निर्वाचनमा सहभागिताका लागि निवेदन दिने दलको संख्या ४९ थियो। त्यस्तै सुदुरपश्चिममा ५० वटा दलले सहभागिताका लागि निवेदन दिएका थिए। प्रदेशसभामा प्रदेश नं.१ बाट ३७ जना, मधेश प्रदेशमा ४३, बागमतीमा ४४, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिममा २१ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत् सदस्य निर्वाचित हुनेछन्।

कस्ता हुन्छन् त मतपत्र
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको हुन्छ। प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्रमा सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुन्छ।

४ मतपत्र, ४ मतपेटिका

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एकजना मतदाताले चारवटा छुट्टा छुट्टै मतपत्रमा मतदान गर्नुपर्नेछ। प्रतिनिधिसभाका लागि दुईवटा मतपत्र र प्रदेशसभाका लागि दुईवटा गरि चार मतपत्र हुन जान्छन्।

मतदान केन्द्रमा गएर मतदाता नामावलीमा नाम रुजु गराइसकेपछि बायाँ हातको बुढी औंलामा नङ र मासुकोबीचमा पर्नेगरी मसी लगाइन्छ।  प्रतिनिधिसभाको पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिन्ह र अन्य विवरण, छापिएको पहिलो मतपत्र लिनुपर्छ।

स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्छ। मतपत्र सही तरिकाले पट्याएर र सेतो पृष्ठभूमिमा रातो रंगले १ लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नु पर्दछ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.