रौतहटको गरुडामा 'एयर स्प्रे' सुरु
रौतहट : जिल्लाको गरुडा नगरपालिकामा डेंगु नियन्त्रणका लागि एयर स्प्रे सुरु गरिएको छ।
काठमाडौं ओरेन्ज बल प्राइभेट लिमिटेडबाट आएका विशेषज्ञ प्राविधिक टोलीले स्प्रे सुरु गरेका हुन्।
नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको सक्रियतामा नगरवासीलाई लामखुट्टेको टोकाइबाट फैलिने डेंगु, मलेरियाजस्ता रोगको संक्रमण नियन्त्रण गर्न पालिकाको सबै वडामा एयर स्प्रे सुरु गरिएको हो।
स्प्रे गर्ने समयमा आ-आफ्नो घरको झ्याल ढोका बन्द गरी सहयोग गर्न प्राविधिकले आग्रह गरेका छन्।