ककपिटमै भिडियो अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक, छानबिन हुँदै

ककपिटमै भिडियो अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक, छानबिन हुँदै

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलायन्सका पाइलट विजय लामाविरुद्ध छानबिन सुरु गरेको छ। चिनियाँ भ्लगरसँग ककपिटमै भिडियो अन्तर्वार्ता दिएपछि प्राधिकरणले पाइलट लामालाई रोस्टरबाट हटाउँदै उडानमा रोक लगाएको हो।

गत कात्तिक १३ गते दुबईबाट काठमाडौंका लागि उडेको नेपाल एयरलायन्सको ३३० विमान पाइलट लामाले उडाएका थिए। सोही फ्लाइटमा सवार सामले दुबईदेखि नेपालसम्मको यात्रालाई आफ्नो भ्लगमा देखाएका छन्। उनले उक्त भिडियो ३१ लाख बढी सब्सक्राइबर रहेको 'साम चुइ' नामक आफ्नो युट्युबमा अपलोड गरेका छन्। भिडियोमा सामले ककपिटमै गएर पाइलट लामासँग अन्तर्वार्ता लिएका छन्। सोही फुटेजको आधारमा लामाविरुद्ध उजुरी परेको स्रोतको भनाइ छ।

सोही उजुरीको आधारमा लामालाई रोस्टरबाट हटाएर छानबिनको दायरमा ल्याएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले अनुमति बिना कसैले पनि ककपिटमा गएर भिडियो खिच्न नपाउने बताए। 'नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ ले आधिकारिक व्यक्ति 'क्याबिन क्रू'बाहेक ककपिटमा कोही पनि जान मिल्दैन। जानुपरे प्राधिकरणसँग अनिवार्य अनुमति लिनुपर्छ,' उनले अन्नपूर्णसँग भने। 

उनले नेपाल एयरलायन्सले नै यसबारे जानकारी गराएपछि छानबिनको प्रक्रिया अगाडि बढाएको बताए। 'निगमले जानकारी दिएपछि हामीले छानबिन प्रक्रिया अगाडि बढाएका हौं। लामाको नाम रोस्टरबाट पनि हटाएका छौं। छानबिन समितिले प्रतिवेदन बुझाएपछि मात्रै कारबाही गर्ने नगर्ने निर्णय हुन्छ,' उनले भने। 

स्रोतका अनुसार पाइलट लामाले गल्ती स्वीकार गरेका छन्। 'हो, मबाट गल्ती भयो। ककपिटमा भिडियो खिच्न नदिनुपर्ने थियो,' स्रोतले लामाको भनाइ उद्धृत गर्दै भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.