जुकरवर्गले मेटाका ११ हजार कर्मचारी हटाउने

जुकरवर्गले मेटाका ११ हजार कर्मचारी हटाउने

वासिङटन डिसी : अमेरिकी प्रविधि व्यवसायी तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गको कम्पनी मेटाले बुधबार ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ ।

फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप लगायतका सबै कम्पनी मेटा अन्तर्गत आउँछन्, जसमा ८७ हजारभन्दा बढी मानिस काम गर्छन्।

मार्क जुकरबर्गले यो निर्णयलाई मेटाको इतिहासमा सबैभन्दा कठिन निर्णय भनेका छन् ।  

यो कदम पछि मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गर्दै लेखेका छन्, 'मलाई थाहा छ यो सबैका लागि गाह्रो छ र म यस निर्णयबाट प्रभावित सबैसँग माफी चाहन्छु।'

मार्क जुकरबर्गले यो निर्णयको श्रेय कोरोना महामारीको समयमा बढेको नाफाका कारण व्यापार वृद्धिको दीर्घकालीन अपेक्षालाई दिएका छन् । उनले लेखेका छन्, ‘धेरैले यो बूम स्थायी हुने अनुमान गरेका थिए। मैले पनि त्यही अनुमान गरेको थिएँ । त्यसैको आधारमा मैले आफ्नो लगानीमा उल्लेख्य वृद्धि गरेको छु । तर बृहत् आर्थिक गिरावट अर्थात् आर्थिक वृद्धि सुस्त हुनु र बढ्दो प्रतिस्पर्धाका कारण नाफा अपेक्षाभन्दा बढी घटेको हो ।'

यससँगै मार्क जुकरबर्गले आफूले गलत मूल्याङ्कन गरेको र त्यसको पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार जुकरबर्गले गत मंगलबार सयौं कर्मचारीलाई यसबारे जानकारी दिएका थिए ।

मार्क जुकरबर्गले आफ्नो कम्पनीले भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, विज्ञापन र मेटाभर्स जस्ता क्षेत्रमा लगानी गर्ने बताएका छन्, जसमा वृद्धिको उच्च सम्भावना छ।

यससँगै मेटाले आफ्नो भवन कार्यालयमा हुने खर्च घटाउने भएको छ । यसका साथै कम्पनीले आगामी दिनमा डेस्क सेयरिङ मोडलको प्रवर्द्धन गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.