लामखुट्टे धपाउन बालेको धुपबाट आगो सल्किएर एक घर जलेर नष्ट

लामखुट्टे धपाउन बालेको धुपबाट आगो सल्किएर एक घर जलेर नष्ट

रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिका-४, पचरुखीमा बिहीबार राति आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। 

स्थानीय लक्ष्मण महतोको घरमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर आगलागी भएको हो। 

आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगोमा परेर एउटा भैंसी र १० खसीबाख्रा मरेका छन्। 

महतोका अनुसार घरमा रहेको चामल, दाल, धान, गहुँ लगायतका खाद्यान्न तथा कपडा, गरगहनासमेत जलेर नष्ट भएको छ।

घरमा भएका सबै सामान जलेर नष्ट भएपछि पीडित परिवारले तत्काल राहत सामग्री सहयोग गरिदिन विभिन्न व्यक्ति तथा संस्थासँग अनुरोध गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.