नेपालमा उत्पादित क्यान्सर विरुद्धको औषधि भारतमा पनि प्रयोग हुन थाल्यो

नेपालमा उत्पादित क्यान्सर विरुद्धको औषधि भारतमा पनि प्रयोग हुन थाल्यो

काठमाडौं : नेपालमा उत्पादित एन्टीक्यान्सरका औषधि नेपालसहित भारतका अस्पतालमा पनि प्रयोग हुन थालेको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टिजिग फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यले नेपालमै उत्पादित एन्टीक्यान्सरका औषधि नेपालसहित भारतका विभिन्न अस्पतालमा उपचाररत बिरामीले सहज र सुलभ रूपमा प्रयोग गर्न थालेको जानकारी दिए। 

उनले भने, 'नेपालमा क्यान्सर रोगको उपचार भइरहेको छ र थियो तर बिरामीले प्रयोग गर्नुपर्ने औषधिहरू बेला बखत अनियमितता तथा औषधिको मुल्यमा रहेको असमानता देखेर नै विगत चार वर्षदेखि क्यान्सर विरुद्धको औषधि उत्पादनको बाटो रोजेका थियौँ। अहिले परिणाम देखिन थालेको छ।' 

फर्माबाट अहिले फोक्सो, रगत, स्तन, पाठेघरको मुखको, मस्तिष्क, ठुलो आन्द्रामा हुने क्यान्सर रोग विरुद्धका औषधिहरू उत्पादन गर्दै आएको छ।

भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पताल, मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामीहरूले पनि आधिकारिक रूपमा त्यहाँको औषधि नियमक निकायको स्वीकृतिमा टिजिगबाट उत्पादित क्यान्सर विरुद्धको औषधि उपभोग गरिरहेको उनले बताए।

हाल नेपाली बजारमा क्यान्सरका मुखबाट खाने ३४ प्रकारका मोलिक्युलबाट उत्पादन हुन सक्ने ५३ किसिमको औषधिको उत्पादन गर्नका लागि औषधि व्यवस्था विभागबाट अनुमति पाएको छ।

जसमध्ये १४ प्रकारका मोलिक्युलबाट उत्पादिन २३ किसिमका औषधिहरूका लागि औषधि व्यवस्था विभागले बिक्री वितरण अनुमति दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.