‘सबै खेलाडी देशका कमान्डो’

‘सबै खेलाडी देशका कमान्डो’

काठमाडौं : सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न १०औं एसियाली खेलकुदका कांस्य पदक विजेता  तेक्वान्दो खेलाडी राजकुमार राईले सबै खेलाडी देशको कमान्डो भएको बताएका छन्। उनी अभिनित नेपाली चलचित्र ‘सोल अफ द कमान्डो’को ट्रिजर रिलिज तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। 

सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता राईले  भने, ‘विश्वमा देशलाई चिनाउने र राष्ट्रको झण्डा फहराउने काम त्यहाँका खेलाडीले गर्छन्। त्यसैले खेलाडीहरू हरेक देशका कमान्डो हुन्’, राईले भने।

उनले गोर्खाली सेनाको बहादुरी, साहस र जीवन संघर्षलाई आधार बनाएर नेपाली चलचित्र ‘सोल अफ द कमान्डो’ निर्माण गरिएको जानकारी दिए। उनले सन् १९९८ मा निर्माण भएको ‘द कमान्डो’ चलचित्रलाई आधार बनाएर ‘सोल अफ द कमान्डो’ निर्माण गरिएको बताए।

युवराज राईको निर्देशनमा बनेको निर्माण भएको ‘सोल अफ द कमान्डो’ मंसिर २३ गतेबाट प्रदर्शन हुँदैछ। चलचित्रमा राजकुमार राईसँगै कमला खापुङ लिम्बू, सेसुका राई, शिशिर वाङ्देल, नरेन खड्का, संगीता लावती, पुष्पा श्रेष्ठलगायतको अभिनय छ। निर्मातामा विजया राई, रवि थापा, मिलन राई र डेनी लिम्बू छन्। 

एनबी महर्जन र सानुकुमार महर्जनको द्वन्द्व, सिमोन राजवंशीको कोरियोग्राफी र दीर्घ गुरुङको छायांकन छ। कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ, नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.