नियमित आँखा परीक्षण गर्न सुझाव

नियमित आँखा परीक्षण गर्न सुझाव

काठमाडौं : चिकित्सकहरूले मधुमेह रोगको पहिचान हुनासाथ नियमित रूपमा आँखाको परीक्षण गराउन सुझाव दिएका छन्। 

विश्व मधुमेह दिवसका सन्दर्भमा तिलगङ्गा आँखा प्रतिष्ठानले आइतबार काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले मधुमेहका कारण अन्धोपना समेत हुन सक्ने भएकाले मधुमेह रोगको पहिचान हुनासाथ नियमित रूपमा आँखाको परीक्षण गराउन सुझाव दिएका हुन्। 

प्रतिष्ठानका आँखा पर्दा रोग विशेषज्ञ डा रबा थापाले मधुमेह भएका व्यक्तिमा आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुने भएकाले सचेत रहनुपर्ने बताए। 

अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामयिक निधनको प्रमुख कारणका रूपमा मधुमेह देखिएको उनले जानकारी दिए। 

डाक्टर थापाले मधुमेह नेपालमा पनि बढ्दै गएको र सहरी क्षेत्रमा ४० बर्षभन्दा माथि १९ प्रतिशत र ग्रामीण भेगमा दुई दशमलव ५ जनामा मधुमेह देखिएको जानकारी दिए।

प्रतिष्ठानले 'मधुमेह सेवामा पहुँच बढाऔँ' साथै 'सुरक्षित भविष्यका लागि मधुमेहबारे जानौँ' भन्ने नाराका साथ कार्तिक २५ देखि मङ्सिर १ गतेसम्म मधुमेहको आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रूपमा मनाइरहेको छ।

मधुमेह दिवस भने नोभेम्बर १४ तारिकका दिन मनाइन्छ। अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभर ५ सय ३७ मिलियन मानिस मधुमेहबाट ग्रसित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.