सिटी एक्सप्रेसको मेगा बम्पर उपहार '५ तोला सुन' विजेताको नाम घोषणा

सिटी एक्सप्रेसको मेगा बम्पर उपहार '५ तोला सुन' विजेताको नाम घोषणा

काठमाडौं : सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' योजनाअन्तर्गत मेगा बम्पर उपहार '५ तोला सुन' विजेताको नाम घोषणा गरेको छ। 

कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने जीवन रायमाझीले ५ तोला सुन जित्न सफल भएका छन्। 

सिटीले गत भदौ १५ गते दसैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६३ दिनसम्म चल्ने उपहार योजना घोषणा गरेको थियो। 

सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली मेगा बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो। 

जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर), ९ जनाले साप्ताहिक उपहार (१०-१० तोला चाँदी ) र २ जनाले मासिक उपहार (१-१ तोला सुन) जित्न सफल भइसकेका छन्।  

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। 

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.