रुसी फुटबलरलाई १६ घण्टे सहबास म्याराथनको प्रस्ताव

रुसी फुटबलरलाई १६ घण्टे सहबास म्याराथनको प्रस्ताव

मस्को : रुसी फुटबलर अलेक्सान्डर कोकोरिनले सन् २०१५ मा १६ घण्टे सहबास म्याराथनको प्रस्ताव पाएको खुलेको छ। पोर्नस्टार एलिना येरेमेन्कोले त्यो सिजन उनले १० गोल गरे पोर्न व्यवसायमा १६ घण्टा लामो म्याराथनको अवसर पाउने अफर गरेकी थिइन्।

एलिना हेन्नेसीको नामले परिचित पोर्नस्टारले फुटबल खेलाडी रेटिङ गर्ने अन्तर्वार्ताका क्रममा कोकोरिनलाई १० मा १० दिँदै २०१५ मा भएको त्यो घटना बाहिर ल्याएकी हुन्। सन् २०१५ मा उनी डिनामोबाट खेल्दै थिए।

‘रसियन सुपर लिग सकिनुअघि कोकोरिन १० गोल गर्न सफल भए, धन्यवाद स्वरुप मैले उनीसँग १६ घण्टा लामो सहबास म्याराथनको बाचा गरेकी थिएँ,’ उनले अन्तर्वार्तामा भनेकी छन्।

कोकोरिनको बारेमा धेरै शब्द खर्चिएकी एलिनाले ‘राम्रा केटाहरु धेरै हुने भएकाले फुटबल र पोर्न उस्तै’भएकोसमेत दाबी गरिन्।
तर, कोकोरिन त्यो प्रस्तावमा भाग्यशाली साबित भएनन्। उनलाई १० गोल गरेर एलिनाको धन्यवादरुपी पुरस्कार लिने अवसर थियो। तर, त्यसपछिका खेलमा एक गोल मात्रै गरेपछि उनी दुर्भाग्यशाली साबित भए।

त्यो सिजन एलिनाको प्रस्तावमा दुभाग्यशाली भएका कोकोरिन अर्को एक सिजन डिनामोमै बिताएर जेनिट सेन्ट पिटर्सबर्ग पुगेको थिए। अहिले उनी इटालियन क्लब फियोरेन्टिामा अनुबन्धित भए पनि लोनमा साइप्रसको एरिस लिमासोलबाट खेलिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.