आईएसएमटी कलेजमा जब फेयर

काठमाडौं : आईएसएमटी कलेजले आइतबार आईएसएमटी जब फेयर आयोजना गरेको छ।
विशेष गरेर विजिनेस र आईटीका विद्यार्थीलाई केन्द्रित गरेर पहिलोपटक जब फेयर आयोजना गरिएको कलेजकी बीबीए प्रोग्राम हेड अनिस्मा आर्चाले जानकारी दिइन्।
विद्यार्थीलाई पढाइ मात्रै नभएर पढेका कुरालाई व्यवहारिक ज्ञानमा उतार्ने अवसर दिन फेयर आयोजना गरिएको उनको भनाइ छ। जब फेयरमा सिप्रदी, फुडमान्डुलगायतका १२ वटा कम्पनीले सहभागिता जनाएका छन्।
यसमा विभिन्न कम्पनीबाट आएका प्रतिनिधिले विद्यार्थीको अन्तर्वार्ता लिएका थिए। कार्यक्रममा अन्तिम वर्षका विद्यार्थीलाई केन्द्रित गरिएको थियो।
कलेजमै जागिरको अवसर भएका हँदा बाहीरबाट ल्याउनु भन्दा पनि आफ्नै विद्यार्थीलाई दिन फेयर आयोजना गरेको उनले जानकारी दिइन्।
फुडमान्डकी एचआर अफिसर पल्लवी गुरागाईंले आफूहरुले अन्तर्वार्ता लिएका विद्यार्थीहरु प्रतिभाशाली रहेका बताइन्। उनले सीएसआरको लागि एन्ट्री लेभलमा काम गर्ने कार्मचारीको खोजीमा आफूहरु रहेको पनि जानकारी दिइन्।
आईएसएमटी कलेजको स्नातक तहको पाँचौ सेमेस्टरमा अध्ययनरत सरोजकुमार साहले सजिलो सेवा कम्पनीमा अन्तर्वार्ता दिए। आफूले यसबाहेक अन्य कम्पनीमा पनि अन्तर्वार्ता दिने उनले जनाए।
प्रतिक्रिया दिनुहोस !
