फ्रुट सोकिङ कार्यक्रम सम्पन्न
काठमाडौं : आइतबार काठमाडौंमा फ्रुट सोकिङ कार्यक्रम सम्पन्न भएको छ। ऱ्याडिसन होटल काठमाडौंले उक्त कार्यक्रमको आयोजना गरेको हो।
यो कार्यक्रम ऱ्याडिसन होटलको चौथो तल्लामा रहेको टेरेस गार्डेनमा सेट अप गरिएको थियो जसमा विभिन्न समुदायका महिला प्रोफेसनलाई आमन्त्रित गरिएको थियो।
होटलका जेनेरल मेनेजर सुब्रोतो बेनेर्जीले सबै आमन्त्रितहरूलाई स्वागत र धन्यवाद दिँदै कार्यक्रमको सुरुवात गरे।
कार्यक्रमका बारेमा जानकारी दिँदै होटलले वर्षौदेखि ड्राई फ्रुट, मसला, जडिबुटी र विभिन्न किसिमका पेय पदार्थ मिसाएर क्रिसमसका लागि केक तयार पारिने बताए।
इतिहासमा क्रिसमसका लागि तयार पारिने केकको सामग्री कम्तिमा एक महिना अगाडि मिश्रण गरेर राख्नुपर्ने चलन छ।
सहभागीहरूले उक्त मिश्रण तयार पार्दै रमाइलो वातावरण सिर्जना गरे। क्रिसमसको भावनाको साथ उत्सवलाई रमाइलो बनाउन सबैको सहभागिता थियो।