मेरो काम देखेर मलाई नै मत दिनुहुन्छ भन्नेमा विश्वस्त छु: शारदादेवी थापा

मेरो काम देखेर मलाई नै मत दिनुहुन्छ भन्नेमा विश्वस्त छु: शारदादेवी थापा

महोत्तरी: शारदादेवी थापा महोत्तरी क्षेत्र नम्बर १ ‘क’बाट प्रदेश सभा सदस्यको उम्मेदवार हुन् । नेकपा एमालेकी नेतृ थापा प्रदेश सभामा दोहोरिने योजनासहित चुनावी मैदानमा छन् । उनका चुनावी एजेण्डा, विगतको कामको समीक्षा र मतदाताको थापासँगका अपेक्षालगायतका विषयमा अन्नपूर्णकर्मी विजयकुमार सिंहले गरेको कुराकानीको सम्पादित अंश:

तपाइँको निर्वाचन क्षेत्रमा चुनावी वातावरण कस्तो छ?

हामी चुनावी अभियान लिएर घरदैलोमा छौँ । सबैले नेकपा एमालेलाई खोज्नुभएको छ। यो देखेर हामीलाई पनि उत्साह बढेको छ । प्रत्येक घरमा हामीलाई फूलमाला लिएर बाटो कुरिरहेको देखेर आत्मविश्वासका साथ मनैबाट जनतामा एमालेप्रति उत्साह र आशा जागेको पाएँ ।

भुँई मान्छेलाई सम्बोधन गरेर एमालेले योजना बनाएकाले पनि जनतामा यस्तो उत्साह आएको होला । एमालेले विगतमा गरेका काम, विभिन्न ८ सामाजिक सुरक्षा भत्ताका कार्यक्रमलगायतले एमालेमा आकर्षण बढेको छ । 

अब पनि हामीले स्वरोगजार, स्थानीय तहमै रोजगारीका अवसर, दुर्व्यसनी मुक्त समाज, छुवाछुतविरुद्धको अभियान चलाएर समाजलाई समृद्ध बनाउने योजनामा छौँ ।

जनताले तपाइँलाई भोट किन दिने ?
म दोस्रो कार्यकालका लागि मत माग्दैछु । पहिलोपटक मलाई चिनाउन परेको थियो । त्यतिबेला म जिल्ला कमिटीमा थिएँ र अखिल नेपाल महिला संघ जिल्ला कमिटीको अध्यक्षको रुपमा काम गर्दा अहिले मेरो परिचय बढेको छ ।

अब मेरो दोस्रो परिचय भनेको पार्टीसँगै जनप्रतिनिधिको पनि छ। मैले अहिले मतदाता कहाँ चिनाउन परेको छैन। उहाँहरूले नै मलाई सम्बोधनसहित बोलाउनुहुन्छ। मतदाताले मलाई स्वीकार गरिसक्नुभएको छ । मलाई जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।

हामीले पार्टीको एजेण्डामा २० बुँदालाई प्राथमिकतामा राखेका छौँ । गरिबी निवारण, युवाको क्षमता विकास, कृषिमा आधुनीकीकरण, भौतिक पूर्वाधारको विकासलगायतका कुरालाई जोडतोडले उठाउन मेरो नेतृत्व चाहिन्छ । यहाँका आम नागरिकसँग मैले यही भनेर भोट मागिरहेकी छु।

सत्ता गठबन्धनले आफू सशक्त भएको दावी गरिरहँदा तपाइँहरू कसरी अगाडि ?

सत्ता गठबन्धनले अहिले गरिरहेको काम त जनताले हेरेकै छन् । एमालेका एजेण्डा पनि राम्ररी बुझेका छन् । सरकार सञ्चालनमा एमालेको आवश्यकता महसुस भएकै छ । विगतमा मैले गरेका कामलाई पनि यहाँका मतदाताले राम्ररी मूल्यांकन गरेका छन् । त्यसैले जसले जे दावी गरे पनि यहाँको चुनावी महौल, जनताले मसँग गरेका अपेक्षा र मेरो काम र योजनालाई पूर्णता बनाउन उहाँहरूले मलाई नै भोट गर्नुहुन्छ भन्नेमा म ढुक्क छु । गठबन्धनका उम्मेदवारले जित्छु भनेर दावी गर्नु स्वभाविक हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.