जनताले चाहेरै निर्वाचनमा होमिएको हुँ: लक्ष्मी महतो

जनताले चाहेरै निर्वाचनमा होमिएको हुँ: लक्ष्मी महतो

गौशाला: महोत्तरी-१ मा एमाले र जसपाको गठबन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका नेता लक्ष्मी महतो चुनावी मैदानमा होमिएका छन् ।

जनताको चाहानाकै कारण निर्वाचनमा होमिएको बताउने उनको सत्ता गठबन्धनका उम्मेदवार गिरिराजमणि पोखरेलसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ । गत निर्वाचनमा पोखरेलसँग पराजित भएका महतोका यसपटक जित्ने योजना के के छन्? अन्नपूर्णकर्मी धनवीर महतोले एमाले नेता महतोसँग गरेको कुराकानीको सम्पादित अंश:

तपाइँलाई जनताले भोट किन दिने ?

 मैले जनताको चाहनाअनुसार महोत्तरी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी दिएको छु । यसपटक जनता समाजवादी पार्टी र नेकपा एमालेकोतर्फबाट मेरो साझा उम्मेदवारी । 

मैले विगतदेखि नै जनभावना अनुसार काम गरेको छु। सबैको सुखदुःखको सारथी भएर काम गरेको छु । आवश्यकता अनुसार नगद वा अन्य भौतिक सहयोग मैले सकेको गरेको छु । विगतमा मैले गरेको सहयोग र आगामी दिनमा मैले ल्याएका योजनालाई सार्थक बनाउन जनताले मलाई भोट दिनुहुन्छ ।

तपाइँसंग जनताका अपेक्षा के छन्?
जनताका अपेक्षा धेरै छन् । ती अपेक्षालाई सूचीबद्ध गरेर प्राथमिकता अनुसार कार्यान्वयन गर्नुपर्छ । यसअघि जितेर गएका जनप्रतिनिधिले बाँडेको आश्वासनले जनताले नेतालाई पत्याउनै छाडिसके । भेट्दा पनि दिक्क मान्ने गरेका छन् । गाउँ ठाउँको विकास नभएको गुनासो धेरै छ । यी नै गुनासालाई मैले सम्बोधन गर्नुपर्नेछ । म झुटो आश्वासन दिएर काम नगर्ने होइन् । सकेको काम गर्छु भनेर प्रतिबद्धता गर्छु र सोही अनुसार काम गर्छु । मेरो विगतको पृष्ठभूमि हेरेर पनि जनताले थाहा पाउनुभएको छ।

मैले अरु समयमा र चुनावी अभियानमा पनि घरदैलो गर्दा जनताको अवस्था अभावै अभाव र पीडादायी बनेर बितेको छ । किसानलाई मल अभाव छ । विद्यालयमा किताव छैन, शिक्षकको अभाव । अस्पतालमा डाक्टर र औषधि छैन । सडकको अवस्था उस्तै छ । गाँउघरमा सिंहदरवार कहानी जस्तो मात्र छ । यी समस्या को हल गर्न जनताले मसंग अपेक्षा राखेका छन् । यी जनताका अपेक्षा मैले पूरा गर्नुछ ।

तपाइँको चुनाव जित्ने आधार के ?
म उधारो अनि धेरै आश्वासन बाँड्दिन। म बोल्ने मात्र होईन गरेर देखाउने हो । त्यसैले मैले सबैलाई धेरै गर्छु भनेको छैन। मलाई विश्वास गर्नुहोस् मात्र भनिरहेको छु । म पहिले समाजसेवी अनि मात्र नेता हुँ । चुनाव जिते पनि नजिते पनि समाजसेवीको रुपमा काम गरिनैरहनेछु । म जनभावनाअनुसार विकासको पथमा अगाडि बढिरहनेछु । म जनप्रतिनिधिको रुपमा नेतृत्व गर्दा जनचाहनाअनुसार सामाजिक विकास, भ्रष्टाचारमुक्त अनि जनमैत्री सुशासन स्थापित गर्नु नै मेरो दीर्घ लक्ष्य रहनेछ । यी नै आधारले मलाई जित नजिक पुर्‍याएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.