४ दिन रेलसेवा बन्द हुने

४ दिन रेलसेवा बन्द हुने

जनकपुरधाम : आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै जनकपुरधाम जयनगर रेलसेवा बिहीबारदेखि चार दिनसम्म बन्द हुने भएको छ। 

नेपाल रेल्वे कम्पनी लिमिटेडले बुधबार जारी गरेको सूचना अनुसार निर्वाचनका कारण मंसिर १ गतेदेखि ४ गतेसम्मको सम्पूर्ण रेल सेवा बन्द हुने छ। 

मंसिर ५ गतेदेखि पुनः रेल सेवा नियमित रूपमा सञ्चालनमा आउने कम्पनीका प्रबन्ध सञ्चालक झाले जानकारी गराए। 

जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेको छ। दैनिक दुईपटक सञ्चालन हुँदै आएको आएको रेल सेवाले हजारौं यात्रीहरूका लागि यस क्षेत्रमा यात्रा सहज गरेको छ। 

निर्वाचनमा शान्ति सुरक्षा व्यवस्थापनका लागि नेपाल भारत सीमा नाका मंसिर १ गतेदेखि ४ गतेसम्म बन्द हुने भएकाले रेल सेवा पनि बन्द गरिएको हो। 

सीमा नाका व्यवस्थापनका विषयमा नेपाल भारतका सुरक्षा अधिकारीहरूबीच भारतको मधुबन्नी जिल्लाको जयनगरमा संयुक्त बैठक बसेर मंसिर ४ गतेसम्म नाका बन्द गर्ने निर्णय गरिएको हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.