आचारसंहिता विपरित मौन अवधीमा किसान श्रेष्ठ र जितेन्द्र सोनलको घरदैलो

आचारसंहिता विपरित मौन अवधीमा किसान श्रेष्ठ र जितेन्द्र सोनलको घरदैलो

सिमराः निर्वाचन आचारसंहिता विपरित मौन अवधीको समयमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनलले घरदैलो गरेका छन्। 

मौन अवधीको उल्लंघन गर्दै बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रेष्ठ र प्रदेशसभा ४(२) का उम्मेदवार सोनलले परवानीपुर गाँउपालिका ३ लिपनीमालमा शुक्रबार बिहान कार्यकर्तासहित घरदैलो गरेका हुन्। 

मंसिर ४ गतेको निर्वाचनका लागि बिहीबार राती १२ बजेदेखि मौन अवधी सुरु भएको छ। निर्वाचन सम्पन्न नहुँदासम्मका लागि लागु हुने मौन अवधीको समयमा उम्मेदवार र दलले चुनावी प्रचारप्रसार गर्न पाउने छैनन्। तर निर्वाचन आयोगको आचारसंहितालाई उलंघन गर्दै श्रेष्ठ र सोनलले उक्त क्षेत्रमा घरदैलो गरिरहेका छन्। 

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घरदैलो र चुनावी प्रचार भइरहेको सूचना प्राप्त भएपछि नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको बताए। चुनावी प्रचार गरिरहेका उम्मेदवारलाई फोन गरेर उक्त कार्य तत्काल रोक्न आग्रह गरेको र नरोकिए आचारसंहिता विपरित कारवाही प्रक्रिया अघि बढाइने जानकारी समेत गराएको प्रहरी उपरीक्षक बोगटीले बताए। 

प्रहरी उपरीक्षक बोगटीले निर्वाचन आचारसंहिता उलंघनका घटना हेर्ने र आचारसंहिता विपरितको कार्य गर्ने उम्मेदवारलाई कारवाही गर्ने निकायको अधिकृतलाई समेत परिचालन गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.