महोत्तरीमा झडप हुँदा ५ जना घाइते

महोत्तरीमा झडप हुँदा ५ जना घाइते

महोत्तरी  : महोत्तरीको सम्सीमा दुई समूहबीच झडप हुँदा ५ जना घाइते भएका छन्। 

स्थिर समयको पूर्वसन्ध्यामा गएराति सम्सी गाउँपालिका-३ बैरगिया भेटपुरमा भएको झडपमा परी स्थानीय अनिल मण्डल, रामदरेश मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल र रायवीर मण्डल घाइते भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार अल्फाबेट खुल्न नसकेको ३३५७ नम्बरको मोटरसाइकलले अनील मण्डललाई ठक्कर दिएको थियो। सोही घटनापछि दुई पक्षबीच झडप भएको हो। 

त्यसपछि सहसौलाका नरेश यादव, उपमेयरको चालक रामवली यादव, रोशन यादव, शम्भु साह लगायतले उनीहरूमाथि कुटपिटमा उत्रिएका थिए। 

सो झडपमा परी सम्सी गाउँपालिक-३ भेटपुरका अनिल मण्डलको आँखा र मुखमा चोट लागेको छ भने रामदुलारी देवी र राधिका मण्डलको हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

महोत्तरीमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ। महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन्।

एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए। यता माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजु खड्काले घटना निन्दनीय भएकाले घटनाको छानबिन गर्नका लागि महोत्तरी प्रशासनसमक्ष आग्रह गरेका छन्।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र घटनामा संलग्न व्यक्तिहरू फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.