वर्षौदेखि अलपत्र पुल

वर्षौदेखि अलपत्र पुल

रौतहट: विभिन्न नदी तथा खोलामा निर्माणाधीन पुल अलपत्र छन्। रौतहटमा वर्षौअघि ठेक्का सम्झौता भएका पुल समयमा नै बन्न सकेका छैनन्।

जिल्लाको चादी, भकुवा, बागमती, झाझ र लालबकैया नदीको विभिन्न स्थानमा निमार्ण भइरहेका करिब एक दर्जन पुल सम्झौताअनुसार निमार्ण सम्पन्न भएका छैनन् ।

कतिपय पुलको काम सम्पन्न गर्नु पर्ने मिति सकिँदा पुलको आधा पनि काम नभएको गुनासो छ। सम्झौता अवधिमा निर्माण नसकिएपछि धेरै ठेकेदारले म्याद थप गरेका छन् । 

भकुवा नदीमा बन्दै गरेको पुल २०७४ मंसिरमा सम्पन्न हुनु पर्ने हो तर पुलको पिलरको फाउन्डेशन राख्ने काम मात्रै सकिएको छ । बिटी टौदह म्यागलुङ्ग कम्पनीले २०६९ जेठमा २ करोड ४९ लाख ७० हजारमा उक्त पुल निमार्णगर्न ठेक्का सम्झौता गरेको थियो ।

यस्तै झाझंनदीमा निमार्ण हुदै गरेको पुल २०७४ असारमा सम्पन्न हुनुपर्ने हो। करिब ३० प्रतिशत मात्रै काम सकिएको छ । २०७१ असारमा ५ करोड ५३ लाख १५ हजारमा निलगिरि नेशनल क्यानोन कम्पनीले ठेक्का सकार गरेको थियो ।

पप्पु कन्टक्सन पर्साले निमार्ण गरिरहेको लालबकैया नदीको टिकुलिया घाटको पुल सम्झौता सकिँदा करिब ७० प्रतिशत मात्रै कार्य सम्पन्न भएको  छ।

टिकुलिया घाटको पुल निमार्ण गर्न १९ करोड ५ लाख १८ हजारमा पप्पुले २०७१ असारमा सम्झौता गरेको थियो । पुल २०७४ असारमा बनाइसक्नु पर्ने थियो ।

पुल निमाणकार्य अलपत्र छाडेकाले पुलको पिलरमा डुगा ठोक्किएर दुई वर्ष अघि ५ जनाको ज्यान गएपछि कम्पनीका सञ्चालक रौनियारमाथि ज्यानमुद्दा दर्ता भएको थियो ।

बागमती बडेर्वा पुल: रौतहट र सर्लाही जोड्ने हुलाकी मार्गको बागमती नदीमा अलपत्र पुल ।

जिल्लाको झाझ नदीमा निमार्ण हुदै गरेको राजपुरतुल्सी पिपरा पुलको अवस्था पनि उस्तै छ ।
२०७१ असार २९ गते सम्झौता भइ २०७४ असार २१ गते सम्पन्न गर्नुपर्ने पुलको काम करिब ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । 

गएको आर्थिक वर्षदेखी निर्माणको काम रोकिएको छ । ५ करोड ६७ लाख ८२ हजारमा मृतसंजिवनी निमार्णसेवाले पुल बनाउन ठेक्का लिएको थियो ।

बिश्रामपुर र हजरीया जोड्ने चादीखोलाको पुलको काम पनि सुस्तगतिमा छ । गतवर्ष  सम्पन्न गर्नुपर्ने पुलको काम करिब ५० प्रतिशत मात्रै भएको छ ।

२०७३ असारमा सपना निमार्ण सेवाले १० करोड ३४ लाखमा पुल बनाउने ठेक्का लिएको थियो ।

तराइ मधेस हुलाकी सडक अन्तर्गत रौतहट र सर्लाही जोड्ने वडेर्वास्थित बागमती नदीमा निमार्णाधीन  पुलपनि वर्षौदेखि अलपत्र छ ।

पुल निमार्णस्थलभन्दा करिब ५ सय मिटर पूर्वबाट नदीले धार बदलेर बगेपछि पछि नदी एकातिर निमार्णस्थल अर्को तिर भएको थियो ।

हुलाकी सडक आयोजना अन्तर्गत २०६७ सालमा लुम्बिनी बिल्डर्सको नाममा पप्पु कन्ट्रक्सनले सो पुल निमार्णगर्न ठेक्का पारेका थियो ।

१८ वटा पिलर उठाएपछि निमार्ण कम्पनीले पूर्णरुपमा काम छाडेको छ ।  करिब  ३५ करोड ९० लाखमा पुल बनाउन  ठेक्का सम्झौता भएको थियो ।

चन्द्रपुर नगरपालिकाको गैडाटारस्थित चादी नदीमा निमार्ण हुँदै गरेको पुलपनि सम्झौता अवधी सकिएर पटक पटक समय थप गरिएको छ।

समयमा नै डिजाइन स्टमेट उपलव्ध नहुने, रकम निकासा नहुने, निमार्ण सामग्री नपाइने समस्या देखाउँदै निर्माण कम्पनीले काममा ढिलाइ गर्दै आएका छन् । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले समयमै काम गर्न ताकेता गरेको दावी गरे पनि निर्धारित मितिमा संरचना बनेका छैनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.