माधव नेपालले मतदानपछि भनेः निरंकुश व्यवस्था लागू गर्ने प्रयासलाई असफल बनायौं

माधव नेपालले मतदानपछि भनेः निरंकुश व्यवस्था लागू गर्ने प्रयासलाई असफल बनायौं

रौतहटः नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले रौतहट सदरमुकाम गौरस्थित श्रीराम जानकी कन्या आधारभुत विधालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्। गौरस्थित राम जानकी प्रावि नेता नेपालले बिहान मतदान गरेका हुन्। 

मतदानपछि अध्यक्ष नेपालले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न निर्वाचन नै महत्वपूर्ण माध्यम भएको बताए।

मतदान गर्दै अध्यक्ष नेपालले निर्वाचनका माध्यमबाट आफैंलाई शासन गर्ने व्यक्ति जनता आफैंले रोज्नुपर्ने भएकाले ध्यानपूर्वक मतदान गर्नुपर्ने बताए।

सत्ताको आडमा निरंकुश लादेर कहिले पनि जनताको सामना गर्न नपर्ने दिनहरु अब फर्केर नआउने उनको भनाइ छ। अध्यक्ष नेपालले मुलुकमा निरंकुश व्यवस्था लागू गर्ने प्रयासहरुलाई आफूहरुले असफल बनाएको बताए। आफ्नै जिल्लामा मतदाताकोबीचमा मत खसाल्नुपाउदा खुसी लागेको नेपालको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.